arrow

भारतको सफल कुटनीति, सेलाउँदै अमेरिकी दम्भ 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
trump-modi1.jpg

काठमाडौं। अमेरिकाले भारतप्रति केही लचिलो देखिएको छ। अमेरिकाले इरानमाथिको प्रतिबन्धमा भारतलाई केही समयका लागि छुट दिने तयारी गरेको हो। 

यसअघि गत सेप्टेम्बर महिनामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानको तेल आयत शून्यमा झारेको खण्डमा मात्र उक्त मुलुकलाई प्रतिबन्धमा छुट दिन सकिने बताएका थिए। 

स्रोतले दिएको जानकारी अनुसार अमेरिकाले भारतलाई मार्च महिनासम्मका लागि इरानबाट १२ लाख ५० हजार ब्यारेल प्रतिमहिना तेल आयातको अनुमति दिएको हो । आधिकारिक रुपमा भने अबको केही दिनमा घोषणा गर्ने तयारी भइरहेको बताइएको छ। यो सँगै  मोदीको सफल कुटनीतिको परिणाको रुपमा यसलाई हेरिएको छ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भारत आए पछि नयाँ दिल्ली र वासिङटनबीच पटक पटक वार्ता हुदै आएको थियो।  

नोभेम्बर ४ देखि अमेरिकाले इरानको तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। इरानको तेल निर्यात शून्यमा झार्ने योजनामा रहेको अमेरिकाले भारतलाई भने केही समयका लागि छुट दिने निर्णय गरेको स्रोतले बताएको हो। 

यद्यपि भारतले आफ्नो तेल आयातमा एक तिहाइले कम गर्नुपर्ने बताइएको छ। भारतले सन् २०१७–१८ मा इरानबाट २ करोड २० लाख ब्यारेल कच्चा तेल आयात गरेको थियो। २०१८–१९ मा यसलाई बढाएर ३ करोड डलरमा पुर्‍याउने लक्ष्य राखिएको थियो। अमेरिकाको इरानमाथिको प्रतिबन्धसँगै भारतीय कम्पनीहरुले आयात उल्लेख्यमात्रामा घटाउने भएका हुन्। 

यस्तोमा भारतले भने मार्च महिनासम्म अक्टोबर र नोभेम्बर महिनाको लागि दिएको अर्डर बमोजिमकै इरानी तेल आयात गर्न पाउने भएको हो।  रुससँग मिसाइल खरिद तथा इजरायलसँगको हतियार सम्झाैताको बाबजुद अमेरिका भारतलाई छुट दिने पक्षमा देखिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ