arrow

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशीद सानले घर फर्के 

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
mohamed-nasheed-ex-president-maldives.jpg

कोलम्बो। माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन्। माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन्।

उनलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३ बर्ष जेल सजाय गराउन भनिएको थियो। उनलाई नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मालेस्थित विमानस्थलमा स्वागत गरेका थिए।

नयाँ सरकारमा उनको भूमिका के हुन्छ भन्ने बारेमा अहिले नै स्पष्ट भइनसकेपनि कानूनी रूपमा सोलिहले नै यही महिना सरकार गठन गर्नुपर्ने अवस्था छ।

माल्दिभ्समा लोकतन्त्रका योद्धाका रूपमा चिनिने ५१ बर्षीय नाशीदलाई जेल सजायको आदेश भएकाले सन् २०१६ देखि निर्वासनमा थिए। निवर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनको कार्यकालका बेला उनी स्वदेशमै रहेको भए पक्राउ पर्ने खतरा रहेको थियो।

तत्कालिन राष्ट्रपति यमीनसँग नाशीदले नै निर्वाचन लड्ने अपेक्षा गरिएको थियो। तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न नमिल्ने बताएपछि सोलिहले प्रतिश्पर्धा गरेका हुन्।

आफ्नो कार्यकालमा यमीनले सर्वत्र हस्तक्षेप गरेर एकलौटी पेलेर गएकाले अहिलेको निर्वाचनबाट नयाँ नेता छानिएकाले मुलुकले नयाँ र लोकतान्त्रिक कोड लिने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ