arrow

चीन र बुरुण्डीपछि राजपाक्षेलाई पाकिस्तानको साथ

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
rajapaksha.png

काठमाडौं । चीन र बुरुण्डीपछि पाकिस्तानले पनि श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपाक्षेलाई स्वीकार गर्ने निर्णय गरेको छ । पाकिस्तानी उच्चायुक्त शाहिद अहमद हसमतले राजपाक्षेसँग कुरा गर्दै उनलाई बधाइ दिएका हुन् । 

रानिल विक्रमसिंघेलाई हटाएर राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजपाक्षेलाई प्रधानमन्त्री बनाएका हुन् । 

पाकिस्तानको उच्च आयोगले सार्वजनिक गरेको विवरणमा वार्ताको क्रममा श्रीलंकाको प्रजातान्त्रिक प्रक्रियामा आफ्नो समर्थन रहने बताएको उल्लेख गरिएको छ । 

पाकिस्तानले अहिले जारी राजनीतिक अवस्थालाई संवैधानिक हिसाबमा समाधान हुने अपेक्षा गरेको छ । श्रीलंकाका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंघेलाई हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक विवाद चुलिएको हो । 

चीनको निकट मानिने राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरिएसँगै भारत, अमेरिकालगायतका मुलुकहरुले श्रीलंकाको राजनीतिलाई निकै चासोका साथ हेरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ