arrow

विवादित मन्त्री स्थापितलाई मुख्यमन्त्री पौडेलले गरे विस्थापित

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
stapit-dormani.jpg

काठमाडौं । यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट विस्थापित गरेका छन्।

शुक्रबार स्थापितलाई पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ।  पछिल्लो समय यौन हिंसाको आरोपमा मुछिएका र कार्य सम्पादन सुधार नगरेका  स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले कार्य सम्पादन सुधार्न निर्देशन दिएपछि प्रदेश नंम्बर ३ को मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको थियो ।

मुख्यमन्त्री र मन्त्री बिच आफ्ना कुरा राख्ने क्रममा टेबुल ठोकाठोक समेत भएको थियो । प्रदेश नंम्बर ३ मा स्थापितको भुमिका सन्तोषजनक नभएका कारण पौडेल सन्तुष्ट हुन सकेका थिएनन् । पछिल्लो यौन काण्डले उनि अझ असन्तुष्ट रहेका थिए  ।

आफ्नो कार्य सुधार गर्न भन्दै मुख्यमन्त्री पौडेलले सम्झाउदा स्थापितले उल्टै अभद्र व्यवहार देखाएपछि पौडेलले स्थापितलाई विस्थापित गरेको स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ