arrow

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
egypt-police-IS.jpg

कायरो ।  इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् ।

देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

इजिप्टका सैन्य प्रवक्ताले बिहीबार भन्नुभयो, “एरिसको उत्तरी सिनाइमा भएको सुरक्षा कारबाहीमा दश जना लडाकू मारिएका छन् ।”

घटनास्थलबाट अरु १२९ जनालाई गिरफ्तार गरिएको र विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

त्यसैगरी उत्तर र मध्य सिनाइमा अन्य आठ जना पनि सुरक्षा कारबाहीका क्रममा मारिएको अधिकारीहरुले जनाएका छन् । अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

इजिप्टमा आतङ्कवादी विरुद्धको कारबाही अभियान गत फेब्रुअरीदेखि सुरु भएको छ । ‘सिनाइ २०१८’ नामक सो अभियानका क्रममा अहिलेसम्म करिब ४२० लडाकू र ३० जना सुरक्षाकर्मी मारिएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ