arrow

ब्रजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना

logo
एएनआई,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
jair_bolsnaro.jpg

ब्रासिलिया, ब्राजिल। ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताएका छन्।

“इजरायल सार्वभौम मुलुक हो। यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ। चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताएका छन्।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिनुका साथै तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सारिएको थियो। अमेरिकी कदम लगत्तै प्यालेस्टिनी अधिकारीहरुले अमेरिकासँगको सहकार्य स्थगित गरेका छन्।

जेरुसेलम विवादित सहर हो जसलाई प्यालेस्टिनीहरुले पूर्वी जेरुसेलम मान्दछन्। यो सहरलाई १९६७ को अरब–इजरायल युद्धका क्रममा इजरायलले कब्जा गरेको थियो। प्यालेस्टिनीहरुले स्वतन्त्र प्यालेस्टाइनको भावी राजधानीका रुपमा जेरुसेलमलाई लिने गरेका छन्।

ग्वाटेमाला र पाराग्वेले पनि अमेरिकी कदमको सिको गर्दै तेल अभिभबाट आफ्ना मुलुकका राजदूतावास जेरुसेलम ल्याउने घोषणा गरेका थिए। तर पाराग्वेले हाल उक्त निर्णय फिर्ता लिएको छ। धेरै मुलुकले आफ्ना दूतावासहरु जेरुसेलम स्थानान्तरण गर्ने योजना बनाउन थालेको बताइएको छ।

ब्राजिल र इजरायलबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहे पनि पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा तनाव आएको छ। सन् २०१४ मा इजरायलले गाजा क्षेत्रमा जथाभावी गरेको सशस्त्र कारबाहीलाई ब्राजिलले विरोध गरेको थियो। त्यसबखत इजरायली विदेश मन्त्रालयले ब्राजिललाई असान्दर्भिक कुटनीतिक साझेदारको संज्ञा दिएको थियो।

आगामी जनवरी १ देखि ब्राजिलको राष्ट्रपति पदमा औपचारिक पदबहाली गर्ने बोल्सोनारोले इजरायलसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्। ब्राजिलको राष्ट्रपतिमा रहँदा लुइज इनासियो लुला डी सिल्भाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएकिथिइन्। तर नवनिर्वाचित राष्ट्रपति बोल्सोनारोले उक्त नीतिमा परिवर्तन ल्याउने सङ्केत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ