arrow

फ्लोरिडाको योगा स्टेसनमा गोली आक्रमण, एकको मृत्यु, चार घाइते 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
florida-attack.png

काठमाडौं । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ । साथै ४ जना मानिसहरु घाइते भएका छन् । 

शनिबार योगा स्टुडियोमा सो आक्रमण भएको हो । समाचारमा बताइएअनुसार गोली आक्रमणपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेका गरेका थिए । टेलाहिसी सहरका प्रवक्ता एसियन फेरिसले स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारीअनुसार आक्रमणकारीको पनि ज्यान गइसकेको छ । 

घटनामा घाइते ४ जना मानिसहरुलाई अस्पताल पुर्‍याइएको छ । प्रहरीकाअनुसार घाइतेहरुको अवस्था गम्भीर रहेको छ । प्रहरी आक्रमणकारीको पहिचान गर्न लागि परेका छन् । घटनाको विषयमा थप अनुसन्धान पनि जारी रहेको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ