arrow

पाउलान् त राजपाक्षेले बहुमत ? 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
rajapaksha.png

काठमाडौं । श्रीलंकामा जारी रहेको राजनीतिक समस्या समाधानको लागि ७ नोभेम्बरमा बहुमत परीक्षणको लागि संसदको बैठक बोलाएका छन् । 

यस्तोमा राष्ट्रपतिले नियुक्त गरेका महिन्दा राजपाक्षे र बर्खास्त गरिएका रानिल विक्रमासिंघेको बीचमा बहुमत पुर्‍याउनका लागि रस्साकस्सी सुरु भएको छ । 

यसैबीच महिन्दा राजपाक्षेले संसदमा आफ्नो बहुमत पुग्ने दाबी गरेका छन् । उनले  शुक्रबार मुख्य टामिल पार्टीका एक सांसदलाई आफ्नो पक्षमा पार्दै मन्त्री बनाएका छन् । त्यसका साथै बर्खास्त गरिएका विक्रमासिंघेका कम्तीमा पाँच सदस्यहरुले उनको साथ छाडिसकेका छन् । 

शुक्रबार राजपाक्षेले पूर्वी बट्टीकलोवा जिल्लाका टीएनए संसार एस विलेनतिरियनलाई आफ्नो पक्षमा पार्दै पूर्वी क्षेत्र विकासको उपमन्त्री बनाएका हुन् । 

विक्रमासिंघेको युनाइटेड नेशनल पार्टीले नयाँ प्रधानमन्त्री राजपाक्षेविरुद्ध अविश्वासको प्रस्ताव दिएका छन् । श्रीलंकामा रहेको २२५ सदस्यीय संसादमा राजपाक्षे–सिरिसेनाको गठबन्धनमा ९६ सदस्यहरु रहेका छन् । 

जुन बहुमतका लागि आवश्यकभन्दा १७ ले कम हो । सभामुख कारु जयासूर्याले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई ७ नोभेम्बरमा संसदको बैठक बोलाउनका लागि आग्रह गरेका हुन् । 

यससँगै श्रीलंकाको राजनीतिमा नयाँ मोड आएको हो । यसअघि सिरिसेनाले १६ नोभेम्बरसम्मका लागि बैठक निलम्बित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ