arrow

रक्षामन्त्रीको हेलिकप्टर ल्याण्ड गराउन क्रिकेट प्रतियोगिता रद्द

logo
मुकेश यादव,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
ishwar-pokhrel.jpg

बारा । रक्षामन्त्री ईश्वर पोख्रेलको हेलिकप्टर ल्याण्ड गराउनको लागि शनिबार कलैयामा जारी जिल्ला स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोतिा रद्द गराईएको छ ।
 
नेकपा बाराको चियापान कार्यक्रममा सहभागि हुन आएका उपप्रधान एंव रक्षामन्त्री पोख्रेल सवार हेलिकोप्टर रोक्न जिल्ला प्रशासन कार्यालय बाराले बाध्य पारेर क्रिकेट प्रतियोगिता रद्द गराएको छ ।

कलैया स्थित सिद्देश्वर क्रिकेट मैदानमा रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको दुई खेल स्थगित गर्न लगाएको हो ।

एन प्याव्सन बाराको आयोजनामा जारी प्रतियोगिताका दुई खेल रक्षामन्त्रीका कारण रद्द भएको आयोजकका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तामा बताए । उनका अनुसार ग्यालेक्सी ईङ्गलिश बोर्डिङ्ग स्कुल भर्सेस गढीमाई ईङ्गलिश बोर्डिङ्ग स्कुल र ईन्टरनेशनल ईङ्गलिश बोर्डिङ्ग स्कुल भर्सेस बालविद्या ईङ्गलिश बोर्डिङ्ग स्कुल बिच दुई खेलको प्रतियोगिता रद्द भएको हो ।

प्रतियोगिता रद्द भएपछि आयोजकलाई आर्थिक भार थपिनुका साथै प्रतियोगिताको खेल तालिका समेत विग्रिएको उनले बताए । अन्यत्र हेलिकोप्टर ल्याण्ड गर्ने स्थान हुँदा हुँदै पनि बारा प्रशासनले सिद्देश्वर क्रिकेट मैदानमा जारी प्रतियोगिता रोक्न लगाई शनिवारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए ।

‘प्रतियोगिताका आयोजकले खेल स्थगित गर्नुपर्ने बाध्यता नबताएपछि र आयोजक संस्थाको राय अनुसार नै रक्षामन्त्रीज्यूको हेलिकोप्टर ल्याण्ड गराईएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ