arrow

मुस्ताङमा आन्तरिक पर्यटक खचाखच

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
684762999.jpeg
मुस्ताङ । विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । 

गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ । तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् । 

बिदाको याममा हवाई र स्थलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए । ‘जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ’ उनले भने। 

पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उनको भनाइ छ । ‘नेपालीमा पनि घुम्न र रमाउने संस्कृतिको विकास हँुदै गएको छ” अध्यक्ष तुलाचानले भने । दसैँ र तिहारको याममा सरकारी कर्मचारी, विद्यार्थी, शिक्षकशिक्षिका र समूहमा घुम्न आउने आन्तरिक पर्यटक बढी देखिएका छन् । 

मुक्तिनाथ मन्दिर, कागबेनी, अनौठो भू–बनोट, तिब्बती कला सँस्कृति र प्राकृतिक सुन्दरता नै जिल्लामा आकर्षणको केन्द्र विन्दु हुन् । पछिल्लो समय आन्तरिक पर्यटक साईकलमार्फत जिल्ला घुम्न आउने क्रम बढेको होटल व्यवसायी एकेन्द्र थकालीले बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, सन् २०१४ मा एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ