arrow

भैँसीमा लगाईएको कर सहि कि गलत ?

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
kar.jpg

तुलसीपुर।  अहिले सामाजिक सञ्जालमा एउटा बिल निकै चर्चामा रहेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले जारी गरेको बिलमा भैसीको कारोबार हुँदा कर उठाइएको छ । जसमा सय र १३ प्रतिशत अतिरिक्त भ्याट लगाएर ११३ रुपैयाँ लिइएको छ ।

 २०७५ कात्तिक ७ गते काटिएको उक्त बिल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारले अनेकौ कुरामा कर वढाइरहेको वेलामा भैँसीको किनबेचमा पनि कर लगाइयो भन्दै स्थानीय सरकारलाई गाली गर्ने काम पनि भएको छ ।

 तर सो विषयमा कर विज्ञहरुले भैँसीमाथि कर लगाएको कुरालाई नियम अनुसार भनेका छन् । उनीहरुले भैँसीको निकासी कर लगाइएको वताएका छन् । अर्थविज्ञ शेषमणी दाहाल भ्याट संकलन नियमअनुसार भएको वताउछन् ।

 “सामाजिक सञ्जालमा आएको कुरा मैले पनि हेरेको थिए, तर सबैले वुझ्नुपर्ने कुरा के हो भने त्यो पैसा भैँसी किन्दा या वेच्दा लगाईको होइन, त्यो पैसा निकासी गर्दा उठाइएको कर हो । जुन नियमानुसार नै छ ”  उनले भने ।

उनका अनुसार एक ठाउँबाट अर्को ठाउँमा वस्तु लैजादा निकासी कर अनिवार्य रुपमा तिर्नुपर्ने हुन्छ ।  “कुनै अर्को देशबाट हामीले सामान ल्याउँदा निकासी कर तिरे जस्तै हो, एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा सामान लैजादा कर तिर्नै पर्दछ ” तुलसीपुर उपमहानगरपालिकाका वित्तिय अधिकृत ललित वहादु घर्तीले वताए । उनले करको विषयलाई वगाएर चर्चा गरिएको समेत जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ