arrow

गाउँ–गाउँमा सिंहदरबार हैनः वडा–वडामा सहुलीयत दरको ‘नुन, चिनी’

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
ki_singh.jpg

डोटी । चुनाव अघि र पछि खुबै बेचिएको नारा हो, गाउँ–गाउँमा सिंहदरबार। घर नजिकै स्थानीय सरकार आएपछि देखिएको खुसीयाली धेरै दिन भने टिकेन । चाहे, त्यो स्थानीय तहले लगाएको कर होस् वा स्थानीय तहका जनप्रतिनिधिले सुविधा भोगका लागि गरेका विभिन्न खाले निर्णय । घर नजिकै आएको स्थानीय सरकारलाई समेत पञ्चायत अथवा शाहीकालीन चस्माले हेर्ने परिस्थिति सिर्जना भयो, कतिपय स्थानीय तहमा । 

तर, डोटीको केआईसिंह गाउँपालिकाको नाम पुरानो सुनिएपनि जनमर्का सम्बोधन गर्न नयाँ–नयाँ कार्यक्रम गरिरहेको छ ।  
यो गाउँपालिकाले चाडपर्वलाई लक्षित गरेर यहुलीयतमा खाद्य सामग्री वितरण गरेको छ । बजारमा चिनी र नुनकै समेत भाउ भढेपछि उपभोक्ता मारमा परेको भन्दै गाउँपालिकाले सहकारीको सहयोग लिएर आफै चिनी र नुन वितरण गरेको छ । त्यो पनि वडा–वडा र टोल टोलमा गएर । सोमबार मात्रै वडा नम्बर–३ मा एक कार्यक्रमबीच अध्यक्ष लोकेन्द्रबहादुर शाहीले स्थानीयलाई नुन र चिनी वितरण गरे । 

चिनी किलोको ६० रुपैँया र नुन किलोको ८ लिइएको अध्यक्ष शाहीले बताए । उनले जनतालाई स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले यस्ता कार्यक्रम गरेको सुनाए । केन्द्र अथवा संघ सकारले मूल्य वृद्धि नियन्त्रण गर्न चासो नदिएका बेला स्थानीय सरकारले गरेको यो प्रयासले जनतालाई सरकार भएको अनुभूति हुने उनको भनाई छ । 

यस्तै, उनले किसानको मर्कालाई ध्यान दिएर तिहार लगत्तै मल र बीउ वितरण  गर्ने योजना रहेको समेत बताए । गोदावरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई त्यो वडामा सुपथ मूल्यका खाद्य सामग्री वितरणको जिम्मा दिइएको थियो । 
गाउँपालिकाको आर्थिक सहयोगमा ७ वटै वडामा रहेका ४ हजार ३ सय घर धुरीलाई सहुलीयत दरमा चिनी र नुन वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सिद्धराज शर्माले बताए । 

गाउँपालिकाले सहुलीयत दरमा चिनी र अत्यावश्यकीय वस्तु नुन वितरण गरेको भन्दै केआईसिंह गाउँपलिकाका स्थानीयले खुसी व्यक्त गरेका छन् । गाउँमै किलोको ६० रुपैयाँमा चिनी र किलोको ८ रुपैयाँमा नुन पाउँदा स्थानीय सरकार जनतासँगै रहेको अनुभूति भएको स्थानीयको भनाई छ । उनीहरुले गाउँपालिकाले गरेको प्रयासको प्रशंसा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ