arrow

हात्ती पिडितद्वारा मुख्यमन्त्रीलाई ज्ञापन 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
elephant-victim.jpg

धनगढी। कञ्चनपुरको सिमान्त दक्षिणी सीमामा स्थित भारतीय दुधुवा निकुञ्जका वन्यजन्तुबाट पीडित किसानहरुको संघर्ष समितिले सोमबार मुख्य मन्त्रीलाई ज्ञापन बुझाएको छ। 

दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरले सोमबार स्थानियले मागहरु राख्दै  सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचान भट्टलाई ज्ञापनपत्र बुझाएका छन। उनिहरुले भारतिय दुधुवा राष्ट्रिय निकुञ्ज तथा सिमाका प्रभावहरु र समाधानका बिषयमा ज्ञापनपत्र बुझाएका हुन।

भारतीय दुधुवा निकुञ्ज संग जोडिएको पुर्नवास नगरपालीकामा बर्षेनी स्थानिय बासिन्दा जङगली जनावर हात्तीबाट पिडित हुदै आएका छन। अहिलेसम्म उक्त क्षेत्रका स्थानीयको ठुलो परिणाममा अन्नबाली वन्यजन्तु बाट क्षेती हुँदै आएको छ भने ३ जनाले ज्यान गुमाइ सकेका छन्।

सघर्ष समितिले भारतिय दुधुवा नेशनल पार्कबाट आउने गरेका हात्तिहरुले किसानले लगाएको बाली नष्ट गर्नुका साथै घरसमेत भत्काउने गरेकोले यस बिषयमा प्रदेश सरकारले कुनै व्यवस्था नगरेको आरोप समेत लगाएका छन। दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष केशव प्रसाद तिमिल्सेनाले उक्त ज्ञापनपत्र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टलाई बुझाएका हुन।

भारतिय सिमानाका सगै जोडिएकाले स्थानियले विभिन्न किसिमका समस्या भोक्दै आएका छन। सिमा नाकामा भारतिय एसएसबि को ज्यादती लुटपात सिमा नाकामा कतिपय नेपाली कुटाई खाने महिलाहरु असुरक्षित हुने जस्ता समस्या हुनेभएकोले प्रदेश सरकाले यस तर्फ ध्यान दिनुपर्ने सघर्ष समितिकी कोषध्यक्ष भुलिया रानाले बताइन। 

भारतिय निकुञ्ज तथा अन्य क्षेत्रका जंगली जनावरबाट हुने नोक्सानी, निर्माजंगली भारतिय सडक र  यसबाट पर्ने डुवान तथा कटान हुने गरेको छ। जमिनको बैङ्क ग्यारेन्टी तथा धितोमा ऋणको ब्यबस्था गरिनु पर्ने , सिमामा हुने भारतीय प्रहरीको कृयाकलापहरुमा बासीन्दाहरुले समस्या भोग्नु परेको गुनासो गरेका छन। ज्ञापन पत्र बुझदै मुख्यमन्त्रि भट्टले यी समस्याको केन्द्रसंग पहल गरेर समाधान गर्ने आश्वासन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ