arrow

‘ठग्स अफ हिन्दोस्तान’ को सेटमा अमिताभ यसरी हुन्थे तयार

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
thugs.JPG

काठमाडौं ।  ‘ठग्स अफ हिन्दोस्तान’ गोरु पुजाको दिन  ८ नोभेम्बरमा रिलिज हुदैछ । निर्माताहरुले चलचित्रका हस्तिको रुपमा रहेका अमिताभ बच्चनलाई खुदाबख्श बन्दा गर्नु परेकको तयारी बारे एक भिडियो शेयर गरेका छन् । जसमा ७५ बर्षीय अमिताभले चलचित्रका लगि कवज र डाइलग्सको तयारी कसरी गर्थे सो देखाइएको छ ।

अमिताभले सो भिडियोमा उनलाई पुरा तयारी हुन ३ घण्टा लाग्ने गरेको बताएका छन् । भिडियोमा ड्रेस, कवज, पगरी लगायत सामेल रहेको छ । साथै यी सबै फुकाउन पनि उनलाई करिब १ देखि २ घण्टा लागेको बताइएको छ । अमिताभको छालामा संक्रमण हुने संभावना रहेका कारण मेकअप उत्रार्न पनि आवश्यक रहेको जनाइएको छ ।

भिडियोमा आमिरले पहिलो पटक अमिताभसँग काम गरेको अनुभव सुनाएका छन्  । माल्टामा अमिताभसँग पहिलो दिन सुटिङ गर्दाको समय आमिर निकै नर्भस थिए । उनले  राम्रो डेडिकेशन दिनु थियो । उनि सुटिङ भन्दा पहिले तयार भएर १ सय देखि २ सय पटक डाङलग्स पढ्ने गर्दथे ।

चलचित्रको कथा एक अङ्ग्रेजी उपन्यासकारको उपन्यासमा आधारित रहेको छ । सो चलचित्रमा सन् १७९५ को घटना देखाइएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ भारतमा २०१८ को निकै आशा गरिएको फिल्म हो । यो फिल्म ८ नोभेम्बरमा रिलिजको तयारी गरिएको छ । यो फिल्ममा आमिर खानका साथै कटरिना कैफ, लायड ओवेन, अमिताभ बच्चनलगायतका कलाकारहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ