arrow

असहायको साहारा बन्दै अमोर, १८ वालवालिकाका एउटै आमा हुन पराजुली

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
anath_balbalika.jpg

 स्याङ्जा । स्याङ्जा फेदीखोला गाँउपालिका १ मा रहेको अमोर सेवा समाजले संचालन गरेको वालगृह ३ बर्षदेखि सडक, असाहय र साहारा विहिन वालवालिकाको संरक्षण गर्दै आएको छ । बुवाआमा गुमाएका, छाडेर सडक छाप हुन पुगेका वालवालिकालाई समाजले संरक्षण गरेको हो । अविवाहित स्थानीय कमला पराजुलीको पहलमा बेसहारा बनेका वालवालिकालाई संरक्षण सगै अभिभावकीय भुमिका खेलेर उदाहरणीय बनेकी छन् । ५ वालिका र १३ वालक गरी १८ जना वालवालिका अहिले वालगृहमा रहेका छन् ।

सडकमा बेसहार बनेर हिडेका वालवालिका देख्दा मन कटक्क खाने मनकी धनी पराजुलीले २०६८ सालमा संस्था दर्ता गरि रुकुम र रोल्पाका द्धन्द पिडित वालवालिकाको संरक्षण गर्दै आएको थियो । पछि आफ्नै जिल्लामा यस्तो काम गर्नुपर्छ भनेर ३ बर्ष अगाडी देखि उनले वालगृह संचालन गरेर ति वालवालिकाको लालनपालन र पढाईमा समेत साथ दिएको छ । समाजले नेपाल सरकार शान्ति मन्त्रालय मार्फत २५ लाख र साविकको जिल्ला विकास समिति मार्फत ५ लाख गरी ३० लाखको लागतमा ४ आना जग्गामा भवन निर्माण गरेको थियो । छोरीको यो महान कार्यप्रति उनका बुवा डण्डप्रसाद पराजुलीले संस्थाको नाममा ४ आना जग्गा समेत निशुल्क दिएका छन् । बावुआमा विहिन भएका वालवालिकालाई संरक्षण गर्ने दायीत्व सरकारको भएपनि सरकारले चासो नदिएकाले छोरीले यो महान कार्य गरेको पराजुलीले बताए ।

बुवाको अत्तोपात्तो नभएको र आमाको साहारमा बचेकी अमृता (गुरुङ) पराजुलीले वालगृहमा साहारा पाउदा निकै खुशी लागेको बताईन् । मामुले हामीलाई सहयोग जुटाएर खाने बस्ने र पढाउने काम गरेको भावना उनले पोखीन । उनी मात्रै होईन वालगृहमा बसेका सबै अनाथ वालवालिका अत्यन्तै हर्सिद देखिएका छन् । करिव ३ बर्ष देखि १४ बर्ष उमेर भएका वालवालिका उक्त वालगृहमा रहेका छन् ।

२५ जना वालवालिकाको क्षमता रहेको वालगृहमा मासिक ५० हजार खर्च हुने गरेको छ । सो वालगृहमा खाद्यन्नको व्यवस्था भने रुपन्देही, कपिलबस्तु र पाल्पा उद्योग वाणिज्य संघले जुटाईदिने गरेको छ । रुकुम, बर्दिय, मुगु र स्याङ्जा जिल्लाका वालवालिका सो वालगृहमा आश्रय लिएको संस्थाले जनाएको छ । मुलुक संघिय संरचनामा गएपछि स्थानीय सरकारको रुपमा रहेको स्थानीयतहले यस्ता काम गर्नुपर्छ भन्ने भनाई वालिङ नगर उपप्रमुख कल्पना तिवारीको भनाई छ ।

संस्थामा बन्ने आजीवन सदस्यको रकमबाट वालगृह धान्दै आएको अमोर सेवा समाजलाई स्थानीय सरकार र केन्द्रीय सरकारले ध्यानाकर्षण गर्नु पर्ने देखिन्छ । यस्ता अनाथ वालवालिकाको संरक्षणमा सरकारले चासो देखाउनु पर्ने ठाँउमा एउटा पराजुली परिवारले गरेको यो महान कार्यलाई सरकारको ध्यान जाओस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ