arrow

विदेश भ्रमणमा जाने नेपालीलाई तनाव, अब पहिले जस्तै २५ सय डलर साट्न नपाइने

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
NRB.JPG

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले १५ सय अथवा त्यही बराबरकाे विदेशी मुद्रा मात्र साँटन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७४ मा संशोधन गरेर भारतबाहेक अन्य मुलुककाे भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत एक पटकमा १५ सय विदेशी मुद्रा मात्रै सटही सुविधा दिन निर्देशन दिएको छ । 

सटही २५ सयबाट १५ सयमा अाएकाे हाे ।  यसअघि विदेश भ्रमणमा जाने नेपाली नागरिकले बैंक, वित्तीय संस्था एवं नेपाल सरकारबाट अनुमति लिएका मुद्रा सटही स‌ंस्थाबाट २५ सय डलर बराबरको सटही सुविधा प्राप्त गर्दै आएका थिए ।

यस्तै राष्ट्र बैँकले स्थलमार्गबाट तिब्बत र सार्कका अन्य मुलुकमा जाने व्यक्तिलाई भिसा भए एक पटकमा ५ सयसम्म र एक आर्थिक वर्षमा १ हजार अमेरिकी डलरसम्मको सटही सुविधा दिने भनेकाे छ । संघ संस्था तथा सरकारी प्रयोजनकाे भ्रमणमा जाने व्यक्तिहरुकाे हकमा भने याे लागू नहुने बताइएकाे छ ।  निजी भ्रमणमा जानेहरुलाई कडार्इ गरेकाले राष्ट‍्र बै‌ंककाे याे कदम सरकारी कमचारीकाे विदेश भ्रमणलाई बढावा दिने खालकाे भएकाे टिप्पणी गर्न थालिएकाे छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ