arrow

वडा अध्यक्ष बस्नेतले प्युठानमा शिक्षक कुटे, टाउकोमा ५ टाँका            

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
teacher_injured_pyuthan.jpg

प्युठान। जनता माबि टिमुरचऔर प्युठानका शिक्षक सिंद्दिमान एमसि माथि झिमरुक गाउँ पालिका-८मा नेकपाबाट निर्वाचित वडा अध्यक्ष तुलस बस्नेतले गम्भीर घाईते हुने गरि अाक्रमण गरेका छन ।

बिद्यालय ब्यबस्थापन समिति, बिधालय अभिभावक समिति र बिधालयका बिचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसिले राखेका बिधालय सुधार एजेण्डा र वडा अध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भए पछि वडा अध्यक्ष आक्रामक भएका थिए ।  

बिधालयको बैठकमै कुटिएका शिक्षक एमसिको टाउकोमा गम्भीर चोट लागेको छ । शिक्षकको टाउकोमा ५ वटा टाँका लगाईएको छ । त्यस्तै शिक्षक  एमसिले आफु असुरक्षित भएको भन्दै अहिले बागदुलामा आफन्त कहाँ बसेका छन् ।

झिमरुक गाउँपालिका ८ का नेकपाका वडा अध्यक्ष बस्नेतले शिक्षकको टाउकोमा चुर्चि प्रहार गरेका थिए । उता वडा अध्यक्षले भने घटना भने जस्तो गम्भीर नभएको तर आफुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ