arrow

वैद्यले गरे विप्लवको देउसी भैँलाे उद्घाटन, एकताको नजिक पुगेको संकेत 

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
baidhye1.jpg

काठमाडौं । नेपालको संविधान खारेज गरिनुपर्ने माग गर्दै आएका दुई राजनीतिक समूह मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच पार्टी एकता हुने सम्भावन बढेर गएको छ । 

एकताबारे छलफल चलिरहेको बताइएकै बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको घरमा देउसीभैलो खेल्न पुगेका छन् । चन्द समूहको देउसी भैलो कार्यक्रम उदघाटन वैद्यले गरे । 

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य आजाद केसीको नेतृत्वमा देउसीभैलो खेल्न केन्द्रीय सदस्य मकर गुरुङ, चितवन जिल्ला ईञ्चार्ज लालबहादुर बिसी, काठमाडौं जिल्ला सेक्रेटरी भृकुटी उपाध्याय, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी, ढकाललगायत दर्जनौ नेता तथा कार्यकर्ता वैद्यको घर पुगे । देउसी भैलोको उदघाटन गर्दै महासचिव वैद्यले वक्तव्यमार्फत शुभकामना दिए । देउसीभैलो कार्यक्रममा सामना साँस्कृतिक परिवारले विभिन्न झलकहरु प्रस्तु गर्‍यो । 

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको बीचमा पार्टी एकीकरणका विषयमा केही महिना पहिले बुटवलमा भेटघाट भएको थियो । दुबै पार्टीका नेताहरुले पार्टी एकताका विषयमा छलफल भैरहेका बताउँदै आएका छन् । महासचिव वैद्यको घरमा विप्लव नेतृत्वको नेकपा उपत्यका व्युरोको टोली पुग्नु र वैद्यले उद्घाटन गर्नुलाई पार्टी एकता हुने संकेतका रुपमा लिइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी नेकपाले मंसिर ८ गते गर्ने भनिएको विशाल जनसभामा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई निम्तो दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ