arrow

शाहरुखको नाममा रहेको कीर्तिमान अमिताभ-आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ ले तोड्ने

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
saharukh.jpg

काठमाडौं ।  बलिउडका हस्ती अमिताभ बच्चन र आमिर खान अभिनित ठुलो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ गोरु पुजाको दिन  ८ नोभेम्बरमा रिलिज हुदैछ । चलचित्रलाई लिएर सबै उत्साहित रहेका छन् । अहिले व्यापार विश्लेषकहरूले चलचित्रको सुरुको दिनको कमाई बारे खुलासा गरेका छन् ।  व्यापार विश्लेषकहरूका अनुसार चलचित्रले पहिलो दिन ५० करोडको व्यापार गर्न सक्छ ।

 चलचित्र लागेकै दिन सर्वाधिक कमाई गरेको कीर्तिमान अहिलेसम्म शाहरुख खानको नाममा रहेको छ । शाहरुखको चलचित्र 'हैप्पी न्यू ईयर'ले ४४.९७ करोड कमाएको थियो । दोसरो नम्बरमा  साउथ सुपरस्टार प्रभासको चलचित्र 'बाहुबली द कन्क्लूजन'को नाम रहेको छ । जसले ४१ करोडको कारोबार गरेको थियो ।

व्यापार विश्लेषक अक्षय राठीका अनुसार चलचित्रमा ठूला हस्‍ती भएका कारण फाइदा हुनेछ । तरण आदर्शका अनुसार चलचित्रको उल्लेखनीय स्क्रीन , टिकट मुल्य र अमिताभ-आमिर हुनुनै प्रमुख कारण अहिलेसम्मकै  चलचित्र लागेकै दिन सर्वाधिक कमाई  गर्ने चलचित्र बन्ने बताएका छन् ।
 
कोमल नाहटाले भने '‘ठग्स अफ हिन्दोस्तान’  सन् २०१८ कै सबैभन्दा ठुलो चलचित्र सक्छ ।  देशकै दुई ठूला स्टार साथ रहेका छन् ।'

अमोद मेहराले भने ' सर्वाधिक कमाई गर्ने  कीर्तिमान बन्नुको कारण चलचित्रको कथा बस्तु पनि हो । जुन मनमोहन देसाईको चलचिमा देखिन्थ्यो अब लामो समयपछि पर्देमा आउदैछ । चार दिनमा चलचित्रले २०० करोड कमाउनेछ ।'

चलचित्रको कथा एक अङ्ग्रेजी उपन्यासकारको उपन्यासमा आधारित रहेको छ । सो चलचित्रमा सन् १७९५ को घटना देखाइएको छ । ‘ठग्स अफ हिन्दोस्तान’ भारतमा २०१८ को निकै आशा गरिएको फिल्म हो । चलचित्रमामा आमिर खानका साथै कटरिना कैफ, लायड ओवेन, अमिताभ बच्चनलगायतका कलाकारहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ