arrow

भक्तपुर कांग्रेसको 'जय नेपाल' सभापति शेर बहादुर देउवाले विमोचन गर्ने

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
congress-deuba.jpg

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले मध्य तिहारमै जिल्लाका पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुको सहभागितामा शुभकामना आदान प्रदान सहितको एक विशेष कार्यक्रम गर्ने भएको छ। 

कार्तिक २२ गते विहिवार विहान साढे ८ वजे भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पसमा हुने कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा प्रमुख अतिथि रहने छन्। 

सभापति देउवाको उपस्थितिमा हुने कार्यक्रममा जय नेपाल नामक स्मारिका समेत विमोचन गर्ने कार्यक्रम राखिएको नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए। 

नेपालीहरुका चाडहरुको शुभकामना आदानप्रदान र भेटघाटका लागि आयोजित कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ताहरुलाई खबर पठाइएको थापाले बताए।

थापाले पार्टीका अन्य केन्द्रीय नेताहरुलाई समेत कार्यक्रममा आमन्त्रित गरिएको उल्लेख गर्दै जिल्ला भित्र रहेका नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक, शुभेच्छुक, भातृ र शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई पनि कार्यक्रममा सहभागिताको लागि आग्रह गरेका छन्। 

थापाले बिहिवारको कार्यक्रम अहिलेसम्मकै ठूलो कार्यक्रम हुने दावी गरेका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ