arrow

एएफसी यु–२३ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
afc_logo_blue .jpg.jpeg

काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी) ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । 

नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । 

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । 

सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ