arrow

प्रदेश ३ राजधानीको बखेडा 

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
pradesh-3.jpeg

हेटौंडा । उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौंडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ । 

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौँडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने बताए । उनले हेटौंडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको छ भने ।  

प्राध्यापक रामविलाश यादवले हेटौँडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राखे । ब्यवसायी रामप्रसाद घिमिरेले हेटौँडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ