arrow

प्रतिबन्धपछि वासिङ्टन र तेहरानबीच जुवारी

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
washington-tehran-flag.jpg

तेहरान। तेहरानको कथित आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई नियन्त्रण गर्न भन्दै संयुक्त राज्य अमेरिकाले इरानविरूद्ध घोषणा गरेको तेल तथा आर्थिक प्रतिबन्ध लागु भएपछि तेहरानको अमेरिकाविरुद्ध थप आक्रोशित आवाज आउन थालेको छ।

सोमबारदेखि पुनः लागु भएको आर्थिक नाकाबन्दीले सन् २०१५ मा इरानसँग तत्कालिन अमेरिकी ओबामा प्रशासन लगायत विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता पछि प्रतिबन्ध हटेका सबै बस्तुमा लागु भएको छ।

पछिल्लो प्रतिबन्धमा इरानको तेल, पानी जहाज, विमा तथा बैंकिङ्ग क्षेत्रका ३०० नयाँ पदाधिकारीमाथि समेत परेका छन्। इरान आफ्नो प्रशासनले लिएको आणविक सम्झौताबाट फिर्ता हुने निर्णय र पुनः आर्थिक नाकावन्दीको घोषणाबाट दबावमा परिसकेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निर्वाचन अभियानका क्रममा गरेको सम्बोधनमा बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपतिले सम्बोधनमा भने, “इरानविरूद्धका प्रतिबन्ध अमेरिकाले इरानमाथि यस पहिले लगाएका प्रतिबन्धभन्दा पनि निकै कडा छन्। इरानले अमेरिकासँग विवाद गरेर राम्रो गरेको छैन, हेरौँ के हुन्छ।” ट्रम्पले गत मे महिनामा आफ्नो प्रशासन इरानसँग सन् २०१५ मा अमेरिकाको पहलमा भएको अहिलेसम्म कै ‘कमजोर सम्झौता’बाट पछि हट्ने घोषणा गरेका थिए।

सम्झौतामा सहभागी अन्य पक्ष बेलायत, फ्रान्स, जर्मनी, चीन र रूस भने सम्झौताबाट फिर्ता नहुने बताएका छन्। चीन, भारत, दक्षिण कोरिया, जापान र टर्कीजस्ता इरानी तेलको उच्च आयात गर्ने आठ मुलुकलाई तेलको बजार मूल्यलाई स्थिर राख्नका लागि भन्दै प्रतिबन्धपछि पनि तत्कालका लागि तेल आयात गर्न मिल्ने अमेरिकाले जनाएको छ।

तेहरानमा यसै हप्ताको शुरूमा नै अमेरिका विरोधी र्‍यालीलाई सम्बोधन गर्दै इरानी सैन्य प्रमुख मोहम्मद अलि जफारीले ट्रम्ले इरानविरूद्ध लिएको कदम गलत सावित हुने चेतावनी दिए। जफारीले भने, “मैले अमेरिका र उसका ‘सकुनी’ राष्ट्रपतिलाई केही भन्नु छ। इरानलाई कहिल्यै नतर्साऊ किनभने संसारका मरूभूमिमा हामीले अझै तिम्रा सैनिकका चित्कार सुनिरहेका छौँ। यसबारे अझ राम्रो ज्ञान छ तिमीहरूलाई।”

“तिमीहरूका कति पूराना (अबकास प्राप्त) सैनिकले अमेरिकी समाजमा युद्धभूमिको दृष्ण्को ग्लानी र निराशाका कारण प्रत्येक दिन आत्म हत्या गरेका छन्।” त्यसैले सैनिक तागत देखाएर हामीलाई नतर्साऊ, उनले थपे। विगतका केही बर्षमा तेहरानले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा ‘आर्थिक युद्ध’ चलाएर आफ्नो अर्थतन्त्रलाई तहसनहस पारेको आरोप लगाएको छ।

तर इरानमा करिब १२ महिना लामो आर्थिक अस्तव्यस्तताको कारण अमेरिकी हस्तक्षेपभन्दा राष्ट्रपति हसन रौहानीको आर्थिक समूहको अकमन्यताका कारण भएको भन्ने समूह इरान मा नै रहेको छ। रौहानीले आफ्नो शासन कालमा कैयौँ वरिष्ठ मन्त्रीहरूलाई पदच्युत गरे थिए। 

इरानमा अमेरिकी हस्तक्षेप नरहेको अवस्थामा पनि मूल्य वृद्धिले आकाश छोएको थियो भने आर्थिक अवस्था निकै दयनीय बनेको थियो। यसले इरान अपार प्राकृतिक सम्पदाको धनी हुँदाहुँदै पनि यहाँका जनतामाथि परेको आर्थिक भार तेल तथा खनिज पदार्थलाई चलाउने नीतिगत निर्णयमा भएका कमजोरीका कारण भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ