arrow

९१ वर्ष पुगे बीजेपीका ‘भीष्म पितामह’, मोदीले दिए बधाई

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
modi-advani1.jpg

काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता लालकृष्ण आडवाणी ९१ वर्ष पूरा भएका छन् । ९१ औं जन्मदिनको अवसरमा भारतको उपप्रधानमन्त्री समेत रहेका आडवाणीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । मोदीले बधाई दिँदै मुलुकको विकासमा उनको योगदान सराहनीय रहेको बताएका छन् ।

आडवाणीलाई बीजेपीको ‘भीष्म पितामह’ मान्ने गरिएको छ । मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आडवाणीलाई बधाइ दिने क्रममा पार्टीको नीति तथा अहिलेको कार्यकालको पनि प्रशंसा गरेका छन् ।

मोदीले उनको कामको सम्मान गरिने भन्दै आडवाणीको लामो आयुको कामना गरेका छन् । आडवाणीको जन्म १९२७ नोभेम्बर ८ मा भएको थियो । आडवाणी २००२ देखि २००४ को बीचमा अटल विहारी बाजपेयीको सरकारमा उपप्रधानमन्त्री थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ