arrow

ट्रम्पले महान्यायाधिवक्तालाई जवरजस्ती हटाए, विपक्षीले भन्यो -राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको प्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ ।

राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको विपक्षी डेमोक्र्याट पार्टीको आरोप छ ।

डेमोक्र्याट पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने नेता चक स्कमरले ट्वीट गर्दै लेखेका छन् , “स्पष्टरूपमा राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ ।“

ट्रम्प निर्वाचित भएको राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेपसम्बन्धी अनुसन्धानमा आफ्नो अनुकुल हुन वाधा पुर्‍याउने आशंकामा महान्यायाधिवक्तालाई हटाइएको आरोप धेरैले लगाएका छन् ।

अमेरिकी अनुसन्धानबाट सन् २०१७ को मार्चमा सेसन्स अलग भएदेखि ट्रम्पले उद्दको आलोचना गर्दै आएका थिए । सेसन्ससँग असन्तुष्ट र त्रसित ट्रम्पले उनलाई जवरजस्ती राजिनामा गर्न लगाएको समाचारमा जनाइएको छ ।

राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन्  । आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन् , “प्रिय राष्ट्रपति महोदय, तपाईँको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु ।”

मिति उल्लेख नभएको राजिनामा पत्रमा उनले सेवा गर्ने मौका दिएकोमा ट्रम्पलाई धन्यवाद दिन चाहेको उल्लेख गरेका छन्  ।

उनले लेखेका छन् , “सबैभन्दा महत्तवपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनःस्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ । ”

सेसन्सले राजिनामा दिएपछि उनलाई राष्ट्रपति ट्रम्पले धन्यवाद दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् , “हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उहाँको आगामी दिन अझ राम्रो होओस् भन्ने कामना गर्दछौँ।”

सेसन्सको ठाउँमा तत्कालका लागि उहाँका वरिष्ठ सहयोगी ’चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरलाई जिम्मेवारी दिइएको छ । सन् २०१६ को अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ