arrow

वैज्ञानिकले बनाए संसारकै सानो रोबर्ट, जसले शरीरमा छिरेर गर्नेछ क्यान्सरको उपचार

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
robot_cancer.jpg

काठमाडौं । टेक्सासका वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो मेडिकल रोबर्ट बनाएका छन् । उक्त रोबर्ट १२० नानोमीटरको रहेको छ । सो रोबर्ट मानिसको कपाल भन्दा पनि करीब एक लाख गुणा पातलो रहेको छ । उक्त रोबर्टको नाम संसारकै सबैभन्दा सानो रोबर्टको रूपमा गिनीज वर्ल्ड रिकर्डमा लेखिएको छ । वैज्ञानिकहरुले यो रोबर्टबाट भविष्यमा क्यान्सर र अल्जाइमरको बिरामिहरुलाई उपचार गर्न सहज हुने बताएका छन् ।

अमेरिकाको टेक्सास विश्वविद्यालयमा सेन एन्टोनियो (यूटीएसए) का वैज्ञानिकहरुले आफ्नो शोधको क्रममा सुक्ष्म रोबर्ट तयार गरेका हुन् । यसलाई अमेरिकाको मेडिकल इतिहासमै सफलता मानिएको छ । यूटीएसएका प्रोफेसर रुयान गुओले भने 'हामिले यस्तो नुनोकम्पोजिट पार्टिकल तयार गरेका छौ जसलाई रिमोट कन्ट्रोलबाट चुम्बकविद्युतीय क्षेत्रमा चलाउन सकिन्छ । यसले जैविक कोषसँग सानो रोबर्टजस्तै काम गर्नेछ ।'

निकै सुक्ष्म रोबर्ट बनाउन विश्वविद्यालयले ब्राजीलको सहयोग लिएको हो । गुओले भने 'सुक्ष्म रोबर्ट तयार भएसँगै मेडिकल क्षेत्रमा क्रान्ति आउने आशा गरिएको छ । यसको सहयोगबाट रसायनथेरापीको क्रममा क्यान्सरको कोष सजिलै चिन्न सकिनेछ । साथै अल्जाइमरका बिरामीलाई पनि स्पेशल ट्रीटमेन्ट दिन सकिनेछ । मेडिकल रोबर्टको प्रयोगात्मक प्रदर्शन यूटीएसएले २०१६ मा गरेका थिए ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ