arrow

दाँत सफा गर्न लापर्बाही गर्नुहुन्छन् ? यस्तो छ चिकित्सकको सुझाव

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
problem-brittleteeth.jpg

काठमाडौँ । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ ।
 
सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हेलचेक्र्य्राइँ नगनुहोस् । त्यसको दीर्घकालीन असर नराम्रो हुन्छ । सुरुमै अलिअलि दुखेको दाँतलाई तुरुन्तै राम्रो दन्त चिकित्सक कहाँ गएर जँचाइ हाल्नुपर्दछ । दन्त चिकित्सक डा मुकुन्दराज रेग्मीका अनुसार नेपालमा दाँत किराले खाने समस्या भएका रोगी धेरै भेटिने गरेका छन् । नेपालीको सामान्य दुखाइ हुँदा जाँच नगराउने बानीका कारण कतिपयलाई किराले हाडसम्म असर गर्नसक्ने र त्यसले क्यान्सरजस्ता रोगसम्म निम्त्याउन सक्ने रेग्मी बताउछन् ।
 
रेग्मीले भने – “सुरुमै उपचार गर्न सकेमा यस्ता रोगबाट बच्न सकिन्छ । दाँतमा सङ्क्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ जसलाई इन्डोडन्टिक थेरापी(आरसिटी) भनिन्छ । यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो । दाँतमा केही समस्या भएमा दन्त विज्ञको मात्र जानुपर्ने उनको सुझाव छ ।
 
नेपालमा दन्त चिकित्सामा विज्ञ नभएकाले पनि क्लिनिक खोलेर बसेका हुनाले जहाँ पायो त्यहीँ जाँच गराउनु हुँदैन । नेपालमा अन्य रोगको तुलना दन्त चिकित्सा महङ्गो भएकाले मानिस उपचारका लागि कम आउने गरेको बताउछन् , डा रेग्मी । वीर अस्पताल दाँत हाल्ने (इम्प्लान्ट) उपचारका लागि रु ४० हजारसम्म लाग्ने डा रेग्मीले  बताए । दाँतलाई सामान्य रुपमा स्वस्थ राख्न हामीले प्रयोग गर्ने ब्रस, मञ्जनमा समेत ध्यान दिनुपर्ने हुन्छ । घरायसी दतिउन र कोइलाजस्ता रगड्ने वस्तुले दाँत सफा गर्न नहुने चिकित्सकहरु बताउँछन् ।
 
बिहान र बेलुका गरी दैनिक दुई पटक दाँत माँझ्ने गर्नाले दाँतको सतहमा विभिन्न ब्याक्टेरिया जम्न पाउँदैन । मुख कुल्ला गर्ने औषधि (माउस वास) को प्रयोगले गिजाको समस्या तथा किरा लाग्ने सम्भावनालाई कम गर्न सहयोग गर्ने डा रेग्मीको भनाइ छ । सुर्तीजन्य पदार्थ, चुरोटजस्ता कुरा नखाने तथा रेसायुक्त खानेकुरा बढी खाने बानीले दाँत बलियो हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ