arrow

नेपाल सम्बत्को नयाँ वर्ष र म्हः पूजा एकै दिन किन ?  (म्हः पूजाको विधिसहित)

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
maha-puga-nepal-sambet.jpg

काठमाडौं। नेवार समुदायले आजका दिन शरीरको पुजा गरी म्हः पूजा मनाउदैछन। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले म्हःपूजा गर्छन्। शरीर नभए जीवनमा केही गर्न नसकिने भएकाले शरीर नै सबैथोक र महत्वपुर्ण हुने भन्दै जीवनमा सदा राम्रो काम गर्न शरीरले साथ दिइरहोस् भन्दै आत्मा र शरीरको पुजा गरी म्हः पूजा मनाउने गरिएको संस्कृतिविद यज्ञमानपति बज्राचार्यको भनाइ छ।

नयाँ वर्ष र म्हः पूजाको सम्बन्ध
७ औ शताब्दीको अन्त्यतिर म्हः पूजा मनाउन शुरु गरिएको बिभिन्न अभिलेखहरुमा पाइन्छ । नयाँ बर्षका दिन म्ह पुजा गर्न सुरु भएको नभई यो म्ह पुजा धेरै अघि सातौ शताब्दीदेखि मनाउन शुरु भएको तर नेपाल सम्वत् ११३७ बर्ष अघिमात्र मनाउन थालिएको बज्राचार्य दाबी गर्नुहुन्छ। नयाँ बर्ष र म्हः पूजा एउटै नभइ दुवैको छुट्टै महत्व रहेको र संयोग मात्र रहेको उहाँको जिकिर छ।  म्हः पुजा बौद्ध सिद्धान्त अनुसार गरिन्छ। 

आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । मानिसको आत्मा नै सबैभन्दा महत्वपूर्ण भएकोले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्री, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको तर्क छ। मान्छेले आफ्नो आत्मा खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भएर आशीर्वाद दिने र जीवनसार्थक हुने धार्मिक विश्वास छ । 

म्ह पूजाको विधि
म्हः पूजा छुट्टै र बिशेष विधि अपनाएर गर्नुपर्ने मान्यता छ। म्हः पूजाले मानव जीवनलाई एकचित्त भई आउँदा दिनमा निरोगी भएर काम गर्न सकून् भन्दै आत्म र शरीरको पुजा गर्न प्रेरित गर्ने विश्वास गरिन्छ। म्हः पूजा गर्दा सबैभन्दा पहिला पुजा गर्ने स्थानलाई पुछेर लिपेर चोखो बनाई परिवारका जति सदस्य छन्, त्योसँगै थप दुई मण्ड वा मण्डल बनाइन्छ। 

जसलाई अष्टमण्डल जीवनको प्रतिकका रुपमा बनाइन्छ। मण्डलकोबीचमा तेलको घेरा बनाउने, त्यसमाथी अक्षता, भटमास, लावा र कालो मासको घेरा बनाइन्छ। त्यही घेरा बाहिर फलफुल केरा, स्याउ, सुन्तला भोगटे, बिमिरो लगायतका फलफूलले सजाउने गरिन्छ। मण्डपको दायाँबायाँ चामलको रोटीको दियो र यमराज–जमराज बनाएर राख्ने गरिन्छ।

तिहारमा लक्ष्मीसँगै यसको पनि विशेष पुजा गरिन्छ। त्यसपछि परिवारका सबैजना उमेर अनुसार स्थान छनौट गरी बस्ने र घरकी मुली महिलाले परिवारका सबैलाई पुजा गरी सगुन दिने र आफुले पनि मण्डलको पुजा गरी म्हः पूजा गरिन्छ।

परिवारमा मुलीले परिवारका सबै सदस्यको म्हः अर्थात् शरीरको पूजा गरी हाँस वा कुखुराको फुल, बारा, सुकेको सिंगो माछा र रक्सी तथा दही चिउरा सगुनका रुपमा दिने गरिन्छ। यो पर्वमा परिवारमा अन्नप्राशान संस्कार सकिएका बालबालिकादेखि सबैले आ—आफना शरीरको पूजा गर्ने चलन छ। आफैंलाई चोखो बनाइ नयाँ बस्त्र लगाएर मण्डल अगाडी दीप अर्पण सहित पूजा गरेमा ब्रम्ह पद प्राप्त गर्ने वैदिक ग्रन्थमा उल्लेख छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ