arrow

‘प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा’

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
balkrishna_khad11.jpg

धनुषा ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् ।

जनकपुरमा बिहिबार पत्रकारसँग नेता खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताए । उनले मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।

सरकार सञ्चालन गर्न बहुमत रहेकै बेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाइ पुर्‍याए पनि संविधान संशोधनको कुरा अघि बढ्न नसक्नु दुखद रहेको खाँणको भनाइ थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ