arrow

खुशी र समृद्धि बनाउने सङ्कल्प पूरा गर्न सबै लाग्नुपर्छ : मन्त्री पण्डित

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
Lalbabu-Pandit.jpg.jpeg

भक्तपुर ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल र खुशी नेपाली’ बनाउने सङ्कल्प पूरा गर्न सबै लाग्नुपर्ने बताएका छन्  ।

नेपाल संवत् १९३९ को अवसरमा आज राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले मध्यपुरथिमि नगरपालिका शङ्खधर साख्वाः चोकमा आयोजना गरेको शङ्खधर साख्वाको शालिकमा माल्र्यापण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पण्डितले देश बनाउने नेतृत्व सरकारले गरेको बताउँदै “देश बनाउन अहिलेको सरकारले धेरै प्रयास गरेको छ, तर यो जिम्मेवारी देशका सबै नागरिकको हो, सरकार एकलकाट्टे रुपमा अगाडि बढ्दैन, जसलाई जे मन लाग्यो, त्यो सरकारले पुरा गर्न सक्दैन”, भने ।

संविधानलाई कार्यान्वयन गर्दै देश विकासको गतिलाई तीव्र रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले नेपालको धार्मिक र साँस्कृतिक पर्वले सबैमा एकताको सूत्रमा बाँधेर लैजानुपर्ने बताए ।

मन्त्री पण्डितले देशमा सत्तापक्षको भूमिकामा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा प्रतिपक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले देशको विकासमा शङ्खधर साख्वाले पुर्‍याएको योगदानको चर्चा गर्दै शङ्खधरको योगदानलाई सिङ्गो मुलुकमा फैलाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिष्ठानले ११ ठाउँमा शङ्खधरको शालिक निर्माण गर्न लागेको बताउँदै उनले भक्तपुरको चार नगरपालिकाको पुरानो सम्पदा र सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माणका लागि रु पाँच अर्ब बजेट ल्याउन आफूले पहल गरेको भने ।

मध्यपुरथिमि नगरपालिकाका प्रम्ुख मदनसुन्दर श्रेष्ठले शङ्खधर साख्वाको योगदानलाई अझै बिस्तार गर्नुपर्नेमा जोड दिदैं मध्यपुरथिमि नगरपालिकाले कला, संस्कृति र सम्पदाको संरक्षणमा बजेट विनियोजन गर्दै कार्यक्रम अगाडि बढाएको छ भने ।

कार्यक्रममा शङ्खधर साख्वाको बुलेटिन पनि बिमोचन गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ