arrow

दौतरीसँग सभामुख महराको चियापान

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
krishna-bahadur-mahara-new.jpeg

रोल्पा ।  तिहार मनाउन गृह जिल्ला रोल्पा आएका सभामुख कृष्णबहादुर महराले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

रोल्पा नगरपालिका–१ मेवाङस्थित सभामुख महराको जन्म घर नजिकै रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को हलमा उक्त चियापान कार्यक्रम आयोजना गरेका हुन्  ।

चियापान कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सभामुख महराले आफू जन्मेहुर्केको गाउँ कहिल्यै नबिर्सने बताए । जिम्मेवारी निर्वाहका क्रममा जिल्ला बाहिर रहे पनि आफूले सधैँ आफू जन्मेको गाउँठाउँ सम्झने गरेको बताए। चियापानकै क्रममा सभामुख महराले आफ्ना दौँतरीहरुसँग भलाकुसारी गरेका थिए ।

चियापान कार्यक्रममा प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, प्रदेश नं ५ का सदस्य दीपेन्द्र पुनमगर, पूर्व सभासद् जोखबहादुर महरा, नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री सुरेन्द्र हमाललगायत जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।

यसअघि सभामुख महराले बिहिबार बिहान आफूले अध्ययन गरेको बाल कल्याण नमूना माध्यमिक विद्यालय लिवाङले आयोजना गरेको एक शैक्षिक अन्तरक्रिया कार्यक्रममा समेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ