arrow

निकोलस म्याथुलाई फ्रान्सको प्रतिष्ठित साहित्य पुरस्कार

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
nicolas-mathieu.jpeg

पेरिस । निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा हालै सम्मानित गरिएको छ ।
 
उनको दोस्रो उपन्यास लेयर्स इन्फ्यान्टस एपेक्स एक्स (उनीहरूपछिपछि बच्चाहरू) नामक उपन्यास १९९५ पछिको फ्रान्सको औद्योगिक मन्दी र किशोर लोभ लालचको चित्रण गरिएको छ ।
 
कृतिका लागि मैले आफैँलाई १८ महिनासम्म एउटा बन्द कोठामा सीमित गरेको थिएँ, चालिस बर्षीय पूर्व पत्रकार म्याथ्युले बताए।  एक उराठ औद्योगिक नगरबाट छुटकारा पाउने तीब्र आकाङ्क्षा बोकेका किशोरहरूका चार बर्षको समयावधिलाई उपन्यासमा चित्रण गरिएको छ ।
 
भोगेको संसारलाई पुस्तकमा उतार्न भरमग्दुर प्रयास गरेको म्याथुले बताए ।  दश यूरोको सामान्य राशी भएको गोन्कर्ट साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार एकाएक चर्चाको शिखरमा पुग्ने र कृतिले ठूलो ब्यापार गर्न सफल हुन्छन् ।
 
सन् २०१४ मा म्याथ्युको पहिलो उपन्यास ‘एक्स एनेमक्स ला गेरे’ प्रकाशित भएको थियो ।  उक्त उपन्यासमा पनि उनले विश्व ब्यापारीकरणले फ्रान्सको एक शहरमा पारेको नकारात्मक प्रभाव चित्रण गरेका थिए ।
 
चालिस बर्ष पुगिसक्दा यो उनको दोस्रो उपन्यास कोट्याउँदै उनले हाँस्यात्मक पारामा भने, “मैले आफुले के लेख्न सक्छु भन्ने थाहा पाउन नै मलाई लामो समय लाग्यो ।” आफ्नो धीमा गतिकै कारणले आफुले सबैकुरा राम्रोसँग अवलोकन र चित्रण गर्नसकेको उनले बताए। एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ