arrow

भाइटीकामा उपत्यका छाड्ने र भित्रिने यात्रुको चाप स्वाट्टै घट्यो 

logo
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
ktm-jam.jpg

काठमाडौ‌। तिहारको टीकाको दिन राजधानी भित्रिने र बाहिरिने यात्रुको चाप स्वाट्टै घटेको छ। अघिपछि असाध्यै भिडभाड हुने राजधानी भित्रिने मुख्य नाका नागढुंगा नाका आज सुनसान प्रायः बनेको छ।

यो नाकबाट दैनिक औषतमा ७० हजार यात्रु बाहिरिने गरेकोमा आज बिहान ६ बजेदेखि दिउँसो साढे ३ बजेसम्ममा साना ठूला गरी करीब एक हजार सवारीमा ३५ सय यात्रु मात्रै राजधानी बाहिर गएको, नागढुंगा प्रहरीले जनाएको छ। त्यसै गरी, यो नाका हुँदै ९ घण्टामा ४ सय ५० सवारीमा ४५ सय यात्रु राजधानी आएका छन्। 

हिजो बिहीबार बिहान ६ बजेदेखि शुक्रबार आज बिहान ६ बजेसम्ममा नागढुंगा सहित राजधानीका जगाती, बालाजु र दक्षिणकाली नाका हुँदै, १३ हजार ३ सय ४३ सवारीमा ७३ हजार ५ सय १३ यात्रु भित्रिएका थिए भने, १४ हजार ३ सय २५ सवारीबाट ९६ हजार ३ सय १६ यात्रुले राजधानी छाडेका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाले, तिहार भरमा  करीब ५ लाख यात्रुले राजधानी छाड्ने अनुमान गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ