arrow

आर्थिक क्रान्तिमा नेता नेपालको जोड

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
भीमदत्तनगर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशको विकासका लागि आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिएका छन्  । बिहिवार कञ्चनपुरको भीमदत्तनगर नेपाल बुद्धिजीवी परिषद्को नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेपालले विगतका दिनमा राजनीतिक क्रान्तिमा लागिए पनि अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने आवश्यकता औँल्याए  । 
 
“देशको विकासको अवधारणा अघि सार्नुपर्ने बेला आएको छ” नेता नेपालले भने – “मुलुकमा भएका सम्भावनालाई पहिचान गरेर तिनको सदुपयोग गर्नुपर्छ ।” राजनीतिक प्रसङ्गमा नेता नेपालले  कतिपय तत्वले मधेस विरोध संविधान बन्यो भनेर दूष्प्रचार गरेको धारणासमेत राखे  । “मधेसी समुदायलाई भड्काउन संविधानको गलत प्रचार पनि भयो” नेपालले भने– “संविधानमा कुनै विभेद छैन ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ