arrow

फेसबुकका मालिक जुकरबर्गको पीडा : आफ्नै संस्थामा असुरक्षित 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं । पछिल्लो अमेरिकी चुनावपछि विश्वका 'फुच्चे अर्बपति'लाई एउटा ठूलो झड्का लाग्यो । विश्वमा सानो उमेरमा नै आफ्नो भिन्न खालको परिकल्पनासँगै उदाएका अर्बपति आफ्नै कारणले पछिल्लो समय विवादको शिखरमा छन् । झण्डै दुई वर्षदेखि मोर्चावन्दीको जालोमा फसेका फेसबुकका परिकल्पनाकार एवं फोर्ब्स पत्रिकाका अनुसार विश्वका सबैभन्दा सानो उमेरका अर्वपति मार्क जुकरवर्गलाई पछिल्लो समय हटाउनको लागि फेसबुककै अन्य ठूला सेयर होल्डरले समेत डटेरै लागेका छन् । जसले उनी केही नैतिक दबाबमा छन् । 

फोर्ब्सको अर्बपतिको सूचीमा सबैभन्दा कम उमेरमा नै आफ्नो नाम दर्ज गराउन सफल जुकरवर्ग र विश्वका पाँचौं धनीको सूचीमा पर्दछन् । सामाजिक सञ्जाल फेसबुकका परिकल्पनाकार जुकरवर्गले आफ्नै परिकल्पनाको आविस्कारका कारण जीवनको तेस्रो दशकमा विश्वभर आफ्नो पहिचान फैलाउन सफल भए । उनकै यो प्रयास अहिले धेरै मानिसको मनोरञ्जनको साधन र एक्लोपनको साथी बनेर छाएको छ । उनको आईतबारसम्मको तथ्यांक अनुसार झण्डै ७१ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको फोर्ब्सको तथ्यांकले जनाएको छ । जुन नेपाली मुद्रामा हिसाव गर्दा झण्डै ९० खर्ब भन्दा बढी हुन आउँछ । यो वर्तमान अवस्थामा नेपाल सरकारको वार्षिक बजेटको झण्डै ६ गुणाको हाराहारी हो । 

अहिले फेसबुकको दाबी अनुसार विश्वमा ७५ करोड व्यक्तिको फेसबुक एकाउण्ट रहेको छ भने १ सय ७५ करोड भन्दा बढी व्यक्ति यससँग जोडिएका छन् । जुकरवर्गको यो यस्तो पेशा हो जति धेरै फेसबुकको व्यापकता बढ्दै गयो उति नै उनको सम्पत्ति पनि बढ्दै जानेछ । यही २००४ सालमा हार्वर्ड विश्वविद्यालयमा अध्ययनगर्दै गर्दाको जुकरवर्गको यो परिकल्पनाको आविस्कारले उनी स्वय‌ंलार्इ त अर्बपति बनायो नै आफ्ना प्रयोगकर्तामाझ सामाजिक सञ्जालको नशा नै बनेर विश्वभर छायो ।

तर, यति हुँदा हुँदै पनि यी जुकरवर्गको समेत पद पछिल्लो समय धरापमा परेको छ । स्थापनाकालदेखि नै फेसबुकका प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका उनको पछिल्लो पटक अमेरिकी राष्ट्रपति चुनावदेखिका केही घटनाक्रमले पद धरापमा पर्न थालेको चर्चा छ । साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन् । तरपनि केही विवादित कामका कारण पछिल्लो समय उनको आलोचना र राजीनामा माग्नेको संख्या बढ्दै गएको छ । तर, ६० प्रतिशत सेयर लिएर बसेका उनको पद खोस्नको लागि त्यति सजिलो भने छैन । बाहिर अन्य सेयर धनीहरु जुकरबर्गको विरोधमा जति खरो उत्रिए पनि यो उनीहरुले जुकरवर्गलाई सहयोग गर्ने विश्वासपात्रलाई आफ्नो हातमा नलिएसम्म यो सम्भव छैन । तर, पनि यसले जुकरवर्गलाई भने केही दबाब महसुस गराईरहेको छ । तर, उनको बाहिरदेखिएको जस्तो पद नै धरापमा छ भन्न भने सकिँदैन । 

यसै सालको अक्टोबरको अन्त्य तिर पनि फेसबुकका अन्य सञ्चालकहरुले जुकरवर्गलाई हटाउने प्रस्तावमा समर्थन जनाएका थिए । उनीहरुले केही हाईप्रोफाईल काण्डमा उनले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । इलिनोय, रोड आइल्याण्ड तथा पेन्सिल्वेनियाका स्टेट ट्रेजरर्स, तथा न्यूयोर्क सिटी कन्ट्रोलर स्कट स्ट्रिङ्गरले सो प्रस्तावको समर्थन गरेका थिए । यो प्रस्तावको आगामी वर्ष हुने वार्षिक बैठकका क्रममा भोटिङ हुने भएको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार फेसबुकले तत्कालको लागि यस विषयमा कुनैपनि टिप्पणी गरेको छैन । स्ट्रिङ्गरले यस मामलामाथि टिप्पणी गर्दै भनेको छ कि, 'फेसबुकले हाम्रो समाज तथा अर्थव्यवस्थामा एक अहम भूमिका पुर्याएको छ । उसको सामाजिक तथा आर्थिक जिम्मेदारी यो हो कि त्यो पारदर्शी बनोस् । हाम्रो माग पनि यही हो कि कम्पनीको बोर्डरूम स्वतन्त्र तथा जिम्मेदार बनोस् ।'

ब्रिटिस न्यूजपेपरमा फूलपेज विज्ञापन 
उता आफ्नो विषयमा धेरै आलोचना भएपछि मार्क जुकरबर्गले डाटा प्राइवेसी स्क्याण्डलका लागि गत मार्चमा माफीपनि मागेका थिए । ब्रिटेनको लगभग सबै राष्ट्रिय अखबारमा जुकरबर्गको माफीको विज्ञापन फुल पेजमा छापिएको थियो । विज्ञापनमा लेखिएको थियो कि, 'हामीमाथि तपार्इहरुको जानकारी सुरक्षित राख्ने को जिम्मेवारी छ । यदि हामी यस्तो गर्न सक्दैनौं भने हामी यसको लायक पनि छैनौं ।' 

जुकरवर्गमाथिको आरोप
फेसबुकमाथि लगातार डेटाब्रीचदेखि लिएर फर्जी खबर फैलाएको आरोप पनि लागेको छ । चाहे त्यो गलत समाचारको होस् या त गलत मान्छेको भनाई राख्नेको विषय नै किन नहोस् । सबै विषयमा उ माथि यही आरोप लागि रहेको छ कि उ गलत कामलाई पश्रय दिईरहेको छ । सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति चुनावमा कुनै अमूक पार्टीलाई मद्दत गरेको र त्यसको लागि प्रयोगकर्ताको डाटा बेचेको विषयमा हंगामा नै मच्चिएको थियो । फेसबुकका सीईओ मार्क जुकरबर्गले हाल एक टेक्नोलोजी वेबसाइटलाई दिएको अन्तर्वार्तामा फेसबुकको प्रयोगगरेर चुनावमा अमूक समूहले आफ्नो प्रभाव छरिरहेको विषयलाई स्वीकार पनि गरेका थिए । 

उनले कैंयौं ह्याकरहरुले अकाउन्टको एक्सेस गरेर रुसमा हुन लागेको चुनाव प्रभावित गर्ने प्रयास गरेको विषय पनि स्वीकारेका थिए । उनले यस विषयमा आफूलाई पनि २०१५ मा मात्रै जानकारी मिलेको बताएका थिए । तर, केही घटनामा उनको सहभागीता समेत रहेको आरोप उनीमाथि छ । 

सिईओ जुकरबर्गले गत अप्रिल दोस्रो साता अमेरिकी कांग्रेस कमेटीमा उपस्थित भएर सफाई दिएका थिए । जुकरबर्गलाई सोही डाटा स्क्याण्डलको बारेमा सोधपुछ गर्नको लागि बोलार्इएको थियो । एनालिसिस फर्म क्याम्ब्रिज एनालिटिकाले अमेरिकामा ५ करोड ज्यादा फेसबुक यूजर्सको डाटाको प्रयोग गरी अमेरिकी राष्ट्रपति चुनावलार्इ प्रभावित पारेको आरोप लगाएको छ । 

जुकरबर्गले पनि स्वीकारे गल्ती 
उता, यूएस कांग्रेस कमेटीमा पेशी भन्दा पहिले मार्क जुकरबर्गले आफूमाथि लगाएको आरोपलाई स्वीकार गरेका छन् कि केही सालमा फेसबुकबाट गलती भएको हो । उनले यसको सुधारका लागि कडा कदम चाल्नको लागि आफूहरु तयार रहेको बताएका छन् । उनले त्यतिबेला नै लामो फेसबुक पोस्टमा लेखेका थिए कि '२०१८ मा आफ्नो मुख्य काम नै फेसबुकको दुरुपयोग गर्ने प्रचलनको नियन्त्रण गर्नु रहनेछ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ