arrow

बुहारीको क्रुरता : श्रीमान् र सासुको हत्या, ससुरा घाइते

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ फागुन १३ बिहिबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा । रोल्पाको थवाङ–९ दबाङकी ३६ वर्षीया तिलकुमारी पुनले घरमा सुतिरहेको अवस्थामा आफ्नै श्रीमान् ३४ वर्षीय बसन्त पुन र सासु  ६० वर्षीया जमानसरा पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ  । मत–५ रुकुम स्थित माइती घरमा बस्दै आएकी पुनले घरायसी विवादका कारण श्रीमान् र सासुको हत्या गरेको प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिए । प्रनाउ थापाका अनुसार पुनका ६५ वर्षीय ससुरा आस पुन बुहारीको कुटाइबाट सख्त घाइते बनेका छन् । 
 
मृतक बसन्त पुनका तीन वटा श्रीमती भएता पनि जेठी माइती घरमा बस्दै आएको, माइली वैदेशिक रोजगारीका लागि भारततिर पुगेको र कान्छी रोल्पाकै घर्तीगाउँमा बस्दै आएको बुझिएको छ । पुनले एकै ठाउँमा सुतिरहेका श्रीमान् सासु र ससुरालाई चिर्पटले टाउकोमा बेसरी हिकाएको हुन सक्ने प्रहरीको ठहर छ । घटना घटिसकेपछि इप्रका थबाङबाट प्रनानि सुरेन्द्र नाथको कमाण्डमा प्रहरी घटनास्थल पुगि त्यहाको बिस्तृत जानकारी लिएको थियोे । 
 
यसैगरी, इप्रका घर्तीगाउँबाट प्रहरी निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा तत्काल प्रहरी परिचालन गरिएको छ । हाल तिलकुमारी र उनका भाई सन्तोष बुढालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रनाउ थापाका अनुसार प्रहरी घटना स्थल पुगि मुचुल्का उठाएर विहिबार साँझ शव र घाइतेलाई जिल्ला अस्पताल लगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ