arrow

आरके शर्माले कतारमा पक्राउ परेको १ महिनापछि परिवारसँग १५ मिनेट कुरा गरे  

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
rk_sharma.JPG

काठमाडौं । एक महिनादेखि कतार प्रहरीको नियन्त्रणमा रहेका गैरअवासीय नेपाली संघ एनआरएन मध्यपूर्व संयोजक राजेन्द्र कुमार ‘आरके’ शर्माले परिवारसँग कुरा गर्न पाएका छन् । 

कतार प्रहरीले उनलाई परिवारसंघ करिब १५ मिनेट कुरा गर्न दिएको हो । उनलाई अक्टोबर १८ मा कतार प्रहरीले पक्राउ गरेको थियो । तर, पक्राउको कारण भने अहिलेसम्म खुलाइएको छैन । 

अक्टोबर ५ मा कतारमा सांस्कृतिक कार्यक्रम भएको थियो । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाले गरेको कार्यक्रममा रोजगारदाता कम्पनीहरुले नेपाली कामदारलाई दिइएको पीडाको विषय समेटेर प्रस्तुतिहरु राखिएको थियो । 

त्यो कार्यक्रम आयोजना गर्ने प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई सुरक्षाकर्मीले कार्यक्रम पछि नियन्त्रणमा लिएको थियो । त्यहीबीच एनआरएनले समेत शर्मा रिहाइका लागि माग गरेको थियो । 

एनआरएनले विज्ञप्ति निकालेर शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा शर्माको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध समेत एनआरएनले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ