arrow

प्रजातन्त्रवादी प्राध्यापक संघमा प्रतिनिधि विवाद

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Bishnu-Pokharel.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको सुवेच्छुक संगठन प्रजातन्त्रवादी प्राध्यापक संघका तर्फबाट काँग्रेसको महाधिवेनशका लागि सिफारिस गरिएका प्रतिनिधिको नामावली बदर गर्न संघकै नेताहरुले माग गरेका छन्। संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद गौतमको नेतृत्वमा गएको संघका पदाधिकारीहरु सहितको टोलीले गलत तरिकाबाट प्रतिनिधिहरुको सिफारिस गरिएको भन्दै बदर गर्न माग गरेको हो। 
 
पार्टीका कार्यवहाक सभापति रामचन्द्र पौडेल महामन्त्रीद्धय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रवक्ता दिलेन्द्रप्रसाद बडु लगायतलाई ज्ञापनपत्र बुझाएर संघको अध्यक्षका तर्फबाट भएको सिफारिस बदर गर्न माग गरेको संघका कोषाध्यक्ष विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो।  काँग्रेसको विधानको परिछेद ४, दफा १५, उपदफा दूई को ग मा संघको महाधिवेशनबाट पार्टीको महाधिवेशन प्रतिनिधि छान्नु पर्ने व्यवस्था छ । विधानको व्यवस्था अनुसार महाधिवेशनबाट नछानिएको अवस्थामा केन्द्रीय समितिको पुर्ण बैठकले छनौट गर्नु पर्ने मान्यता भएपनि अध्यक्षले एकलौटी तरिकाले गरेकाले विधि र विधानलाई स्थापित गर्न आफुहरुले बदरको माग गरेको पोखरेलले स्पष्ट पार्नुभयो। 
 
उहाँले आफुहरुको ज्ञापनपत्र बुझेपछि पार्टीका शिर्ष नेताहरुले केन्द्रीय समितिको पुर्ण बैठकबाट निर्णय गराएर सिफारिस गर्न आफुहरुले आग्रह गर्नु आश्वासन दिनु भएको जानकारी दिनुभयो।  संघका अध्यक्ष बासु घिमिरेले केहीदिन पहिले हस्ताक्षर गरेर पार्टीको महाधिवेशनका लागि पाँच जनाको नाम सिफारिस गरेको थाहा पाएपछि उहाँहरुले आज ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापनपत्रमा संघका प्रथम उपाध्यक्ष गौतम, सचिव विष्णु बहादुर केसी, कोषाध्यक्ष पोखरेल, विभिन्न विकास क्षेत्रका उपाध्यक्ष र केही सदस्यहरुले हस्ताक्षर गर्नु भएको छ । उहाँहरुले अहिले भएको सिफारिस बदर गरी संघको पुर्ण केन्द्रीय समितिको बैठकबाट पारित गराएर मात्रै फेरी नामावली पठाउने व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गर्नु भएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ