arrow

इतिहास विर्सन चाहन्छ झकमकाउँदो कमलपोखरी

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
chhat6.jpg

काठमाडौं । झिलीमिली बत्ति, श्रद्धालु भक्तजनहरुको लागि बस्नको लागि व्यवस्थित ठाउँ । अतिथी स्वागत र दर्शनार्थीहरुको लागि पनि व्यवस्थित गरिएको कमलपोखरीमा मंगलबार पुग्दा जो कोही पनि मन्त्रमुग्द बन्दछन् । साँच्चिकै कमलपोखरी मंगलबार दुलही जस्तै सिंगारिएको थियो । हिजो आज कमलपोखरीलाई सुन्दर देख्नको लागि छठ कुर्नै नपर्ने भएको छ । किनकी यहाँ मानिसहरु दैनिक आएर केही समय विताउँदा मात्रै पनि उनीहरुले आफ्नो दुख भुल्न थालेपछि यो ठाउँ आफैंमा सुन्दर र गन्तब्य स्थल बनेको छ ।

केही वर्ष पहिलेसम्म काठमाडौंको केन्द्रमा रहेको यो कमल पोखरी वरिपरी हिँड्नकै लागि पनि मान्छे हिच्कचाउने गर्दथे । त्यतिबेला यहाँको वातावरण थियो नै त्यस्तै । छठको एक रात बिताउको लागि मात्रै पनि मानिसलाई हप्तौं विताएजस्तो हुन्थ्यो । तर, अहिलेको कमलपोखरीको अनुहार फेरिएको छ । मानिसहरु दैनिक यही ठाउँमा आएर आफ्नो दैनिकी सुरु गर्न थालेका छन् । वा भनौं यही पोखरीसँग मानिसहरुले आफ्नो सुख साँट्न थालेका छन् । त्यसैले त कमलपोखरी पुरानो इतिहास विर्सिएर नयाँ रुपमा अघि बढ्न चाहन्छ  ।

झण्डै आठ वर्ष अघिसम्म यो ठाउँमा उच्च पदस्थ अधिकारीहरु आउने गरेका थिएनन् । छठको दिन स्थानीयले मिलेर केही सरसफाई गर्दथे भोलिपल्टदेखि पुरानै हालत हुन्यो । सर्वसाधारणहरुको मात्रै उपस्थितीका कारण यो ठाउँ सम्भावना बोकेर पनि निकै पछाडि थियो । तर, ८ वर्ष अघि यही क्षेत्रका सांसद् गगन थापाले तत्कालीन राष्ट्रपति रामवरण यादवलाई कमल पोखरीको छठमा सहभागी हुन पहल गरेपछि भने यो क्षेत्रले विस्तारै सुधारको लागि सरकारी निकायबाट समेत महत्व पाउन थाल्यो ।

सोही वर्षदेखि अहिले वर्षेनी राष्ट्रपति कमलपोखरीको छठ मेलामा उपस्थित हुनु अनिवार्य जस्तै भएको छ । ८ वर्ष अघिको राष्ट्रपति जाँदाको कमल पोखरी र अहिलेको कमल पोखरीमा पनि आकाश जमिनको फरक भएको छ । पहिले राष्ट्रपति आउँदा अहिलेको जस्तो भौतिक सुविधा पनि थिएन । तर, अहिले उपत्यका विकास प्राधिकरण, सांसद् विकास कोष, स्थानीय क्लवहरु आदिले पनि कमलपोखरीको विकासको लागि खर्च गर्न थालेपछि अहिले यो पोखरी छठको दिन मात्रै यसलाई महत्व दिईँदैन । वर्षभरी नै आम मानिसको दुख भुलाउने सार्वजनिक स्थलको रुपमा यो क्षेत्र अहिले परिचित छ ।

पछिल्लो पटक चुनावमा प्रतिस्पर्धा गर्ने समयमा नै यस क्षेत्रका सांसद् गगन थापाले आफ्नो क्षेत्र भित्र रहेका धार्मिक मठ, मन्दिर, खुल्ला क्षेत्र र सामाजिक महत्व बोकेका स्थलहरुको व्यवस्थापन पनि आफ्नो मूलभूत एजेण्डा भित्र पर्ने बताएका थिए । सोही अनुसार सांसद् थापाले पनि यो क्षेत्रको विकासको लागि सक्दो मद्दत गरेको स्थानीयहरु बताउँछन् । त्यसैले यो क्षेत्रको विकासको लागि बनेको व्यवस्थापन समितिको मूल संरक्षकको रुपमा थापालाई राखिएको छ । सांसद् थापा आफूले यो क्षेत्रको विकासको लागि सक्रियता देखाएको भएपनि यो सरकारी संस्था, स्थानीय क्लवहरु लगायत सबैको सहयोगबाट मात्रै सम्भव भएको जानकारी दिए । उनले पहिलेको दूर्गन्धित कमलपोखरीलाई पुनर्जीवन दिनको लागि आफ्नो र स्थानीय क्लवहरुको सहकार्यमा धेरै कार्यक्रमहरु अझै सञ्चालन गर्ने तयारी भईरहेको पनि जानकारी दिए ।

मंगलबार छठको मूल दिन । उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने यो दिन कमलपोखरीलाई झनै विशेष रुपमा सिंगारपटार गरिएको छ । यहाँ अपराह्न ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारी आएर सो क्षेत्रको अवलोकन गरी अस्ताउँदो सूर्यलाई अर्घ पनि दिएकी छिन् । नेवारी समुदायमा जन्मिएको कुटुम्ब नामको ब्याण्डले पनि छठको अवसरमा मंगलबार साझ नै सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ । यसले कमलपोखरीलाई धार्मिक सहिष्णुताको हब बन्ने अवसर समेत प्राप्त भएको छ । ठूलो संख्यामा तराईबासीको उपस्थिती रहेको कमलपोखरीमा गैर तराईबासीहरुको पनि बाक्लो उपस्थिती रहेको छ । यसले क्षेत्रीय सद्भाव पनि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ