arrow

आईफोन बिक्रीमा गिरावट, एप्पलको सेयर खस्कियो

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
iphone-xr.jpg

काठमाडौ। अमेरिकी प्रविधि कम्पनी एप्पलको सेयर सोमबार तीन महिनाकै कमजोर भएको छ। आपूर्तिकर्ताहरुले आईफोनको व्यापार सुस्ताउने चेतावनी दिएसँगै सोमबारको बजारमा एप्पलको सेयरमा कमी आएको हो।

एप्पलले सार्वजनिक गरेको महँगो आईफोनको कारण भारत लगायतका बजारमा व्यापार कम हुन सक्ने चेतावनी दिएइको हो। सस्ता स्मार्टफोनहरुमा ग्राहाको बढ्दो रुचि भएकाले महँगा फोनको व्यापारमा गिरावट आउन थालेको सप्लायर्सहरुले बताएका छन्। 

यस वर्षको तेस्रो त्रैमासिक अवधिमा एप्पलले ४ करोड ६९ लाख आईफोन बिक्री गरेको छ। सो अवधिमा विश्लेषकहरुले ४ करोड ७५ लाख आईफोन बिक्री हुने अनुमान गरेका थिए। यस महिनाको सुरुवातमा जापानीको निक्कीले पनि एप्पलका एसेम्बरलरहरु फक्सकोन र पेगाट्रोनले नयाँ आईफोन एक्सआरको उत्पादन रोक्न गइरहेको बताएको थियो।

गत साता एप्पलको ताइवानी सप्लायरले पुराना आईफोनको अर्डर बढेको र आईफोन एक्सआर र एक्सएस म्याक्सको अर्डरमा कटौती गरिएको बताएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ