arrow

ठुलो अर्थतन्त्रका ठुला भ्रष्टाचार

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
corruption1.jpg

काठमाडौं । भ्रष्टाचार कुनै एक मुलुकको मात्र समस्या होइन । विश्वभर केही न केही मात्रामा भ्रष्टाचार हुने गर्छ । यस्तोमा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक अमेरिकामा पनि प्रशस्त भ्रष्टाचार तथा अनियमितताको कुरा सुन्न पाइन्छ । जसमध्ये व्यावसायिक क्षेत्रका केही ठुला भ्रष्टाचारहरु यस्ता छन् – 

१. वेस्ट म्यानेजमेन्ट, सन् १९९८ 

वेस्ट म्यानेजमेन्ट इन्टरनेसन अमेरिकी सार्वजनिक कम्पनी हो । सन् १९९८ मा यो कम्पनीका नयाँ सिईओ माउरिस मेयर्स र उनको व्यवस्थापकीय टोलीले एक अर्ब ७० करोड डलरको नक्कली आम्दानी देखाएका थिए । सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (एसईसी)ले यसमा कम्पनीका सीईओसहित केही वरिष्ठ अधिकारीहरु दोषी रहेको पाइएको थियो । एसईसीले कम्पनीका लेखा परीक्षकहरुलाई ७० लाखभन्दा बढीको जरिवाना गरेको थियो । 

 कम्पनीले यस विषयमा परेको मुद्दामा शेयरधनीहरुसँग ४५ करोड ७० लाख डलरको सम्झौता पनि गरेको थियो ।

२. एनरोन काण्ड, सन् २००१ 

इनरोन कर्पोरेसन अमेरिकी ऊर्जा, उपभोग्य सामग्रीहरु तथा सेवाको क्षेत्रमा काम गर्ने कम्पनीको रुपमा रहेको थियो । यो कम्पनी अमेरिकाको टेक्सस राज्यको होउस्टनमा रहेको थियो । सन् २००१ मा यो कम्पनीमा  ठुलो भ्रष्टाचारको काण्ड देखिएको थियो । यो कम्पनीमा खराब कर्जा लुकाउनका लागि अर्बौंको अनियमितता भएको पाइएको थियो । 

यो अनियमितताको कारण शेयरधनीहरुले ७४ अर्ब डलरभन्दा बढी गुमाएका थिए ।  एक वर्षभित्र कम्पनीको सेयरको मूल्य ९० डलरबाट झरेर १ डलरमा आइपुगेको थियो । 

एसईसीको अनुसन्धानको क्रममा तत्कालीन सीईओ र पूर्व सीईओले अर्बौंको ऋण ब्यालेन्स सिटमा राखेका थिए र उनीहरुले लेखा परीक्षकलाई यो विषयलाई बाहिर नल्याउनका लागि दबाब दिएका थिए । पूर्व सीईओको सजाय तोकिनुभन्दा अगाडि नै निधन भएको थियो भने तत्कालीन सीईओलाई २४ वर्षको जेल सजाय सुनाइएको थियो । यससँगै कम्पनी टाट पल्टिएको थियो र यसले आफ्नो व्यापार बन्द गरेको थियो । जसको कारण २० हजार कर्मचारीहरुको रोजगारी गुमेको थियो । 

३. वर्ल्डकोम काण्ड, सन् २००२

दूरसञ्चार कम्पनी वर्ल्डकोम अमेरिकाको भर्जिनियामा रहेको थियो । सन् २००२ मा एनरोन काण्डको एक वर्षपछि देखिएको अर्को ठुलो भ्रष्टाचारको काण्ड देखिएको हो । कम्पनीको समग्र सम्पत्ति ११ अर्ब डलरले बढी रहेको पाइएको थियो । कम्पनीले खर्च गर्नुपर्ने रकमलाई राजस्वमा थप्ने गरेको पाइएको थियो । सुरुवातमा कम्पनीमा करिब ३ अर्ब ८० करोड अनियमितता भएको विवरण सार्वजनिक भएको थियो । यो मुद्दामा कम्पनीका सीईओ बर्नी एबेर्सलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । यो मुद्दाको कारण ३० हजार मानिसहरुको रोजगारी गुमेको थियो र लगानीकर्ताहरुको एक खर्ब ८० अर्ब डलर गुमेको थियो । 


४. टिको काण्ड, सन् २००२ 

टिको इन्टरनेसनल न्यु जर्सीमा रहेको अमेरिकी कम्पनी हो । सन् २००२ मा यो कम्पनीबाट सीईओले १५ करोड डलरभन्दा बढी रकम आफ्नो नाममा गरेको पाइएको थियो । साथै कम्पनीको आम्दानी पनि भएको भन्दा ५० करोड डलरले बढी रहेको पाइएको थियो । एसईसीको अनुसन्धानको क्रममा कम्पनीका सीईओ र सीएफओ दोषी रहेको पाइएको थियो । उनीहरुलाई ८ देखि २५ वर्षको जेल सजाय सुनाइएको थियो भने लगानीकताीहरुलाई २ अर्ब ९३ करोड डलर क्षतिपूर्ति दिलाइएको थियो । 

५. हेल्थसाउथ काण्ड, सन् २००३ 

स्वास्थ्य क्षेत्रमा काम गरिरहेको हेल्थसाउथ कम्पनीमा सन् २००३ मा आर्थिक अनियमितताको काण्ड देखिएको थियो । कम्पनीको वास्तविक आम्दानीभन्दा एक अर्ब ८० करोड बढी आम्दानी रहेको विवरणमा पाइएको थियो । यसअघि नै कम्पनीका सीईओले ठुलो आर्थिक गिरावटभन्दा अगाडि नै आफ्नो सात करोड ५० लाख डलरको सेयर बिक्री गरेका थिए । कम्पनीका सीईओमाथि विभिन्न ३६ शीर्षकमा आर्थिक ठगी गरेको पाइएको थियो । उनलाई सात वर्षको जेल सजाय सुनाइएको थियो । 

६. फ्रेडी म्याक काण्ड, सन् २००३ 

अमेरिकाको घरकर्जाको क्षेत्रमा काम गरिरहेको कम्पनी फ्रेडी म्याकमा सन् २००३ मा ५ अर्बभन्दा बढीको आर्थिक अनियमितता देखिएको थियो । कम्पनीले सार्वजनिक गरेको विवरणमा वास्तविक आम्दानीभन्दा ५ अर्ब डलर बढी देखाइएको थियो । यो विषयमा एसईसीको अनुसन्धानको क्रममा फेला परेको थियो । यस मामिलामा कम्पनीका सीईओ र पूर्व सीएफओ दोषी पाइएको थियो । अन्त्यमा उनीहरुलाई पदबाट हटाइ कम्पनीलाई १२ करोड ५० लाख डलरकोे जरिवाना लगाइएको थियो । 

७. अमेरिकन इन्टरनेसनल ग्रुप काण्ड, सन् २००५ 

यो अमेरिकी बिमा कम्पनी विश्वका विभिन्न १३० मुलुकहरुमा फैलिएको छ । यसका ८ करोड ८० लाख प्रयोगकर्ताहरु रहेका छन् । सन् २००५ मा यो कम्पनीमा ४ अर्ब डलरको आर्थिक घोटाला देखिएको थियो । कम्पनीमा ऋणलाई राजस्वमा सार्ने तथा सेयरको मूल्यमा मनोमानी गरी बढाउने गरेको पाइएको थियो । यो कक्म्पनीलाई एसईसीले १ अर्ब ६४ लाख जरिवाना लगाएको थियो । साथै विभिन्न कोषमा गरी ८४ करोड डलर थप गर्न लगाइएको थियो । 

८. लेहमन ब्रदर्स काण्ड, सन् २००८ 

न्युयोर्कको लहमन ब्रदर्सं कम्पनी विश्वको आर्थिक सेवा प्रदायक थियो । यो अमेरिकाको सबैभन्दा ठुलो लगानी गर्ने बैंकमध्येको एक थियो । सन् २००८ को आर्थिक संकटको बेलामा यो बैंकले ५० अर्ब डलरभन्दा बढीको ऋण लुकाएको थियो । अनुसन्धानको क्रममा कम्पनीले आफ्नो ५० अर्ब डलरको सेयर बिक्री गरी ऋण लुकाउने प्रयास गरेको खुलेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ