arrow

२०४० सम्ममा कोइलाको प्रयोग २५ प्रतिशतमा झर्ने

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
coal-mining-generic.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले विश्वभर प्राकृतिक ग्यासको प्रयोग बढ्दो क्रममा रहेको बताएको छ। मंगलबार आईईएले विश्वको ऊर्जाको स्रोतमा प्राकृतिक ग्यासले सन् २०३० सम्ममा कोइलालाई पछि पार्ने बताएको हो।  वातावरणको विषयमा बढ्दो चिन्ताको कारण ग्यासको प्रयोग बढ्दो क्रममा देखिएको आईईले बताएको हो। 

सन् २०३० पनि प्राकृतिक ग्यास विश्वमा ऊर्जाको दोस्रो सबैभन्दा ठुलो स्रोत हुने अनुमान गरिएको छ। सन् २०४० सम्ममा विश्वको ग्यासको माग एक दशमलव ६ प्रतिशतले बढ्नसक्ने आईईएले बताएको छ।

२०४० मा विश्वको ग्यासको माग अहिलेको भन्दा ४५ प्रतिशतले बढी हुनेछ। आईईएले चीन र युरोपको बजारमा ग्यासको माग बढ्दो क्रममा रहेको बताएको छ। विश्वको ग्यासको माग वृद्धिमा एसियाका तीव्र गतिको आर्थिक सुधार हासिल गरिरहेका मुलुकहरुको हिस्सा आधा रहने बताइएको छ। 

विश्वव्यापीरुपमा विद्युत्को माग पनि २ दशमलव १ प्रतिशतले बढ्नसक्ने अनुमान गरिएको छ। अहिले ऊर्जाको क्षेत्रमा कोइला क्षेत्रमा ४० प्रतिशतको हिस्सा रहेकोमा सन् २०४० सम्ममा भने यो हिस्सा २५ प्रतिशतमा झर्नसक्ने बताइएको छ।

ऊर्जासँग सम्बन्धित कार्बनडाइअक्साइड उत्सर्जन भने सन् २०४० सम्म लगातार बढ्नसक्ने विवरणमा उल्लेख गरिएको छ। २०१७ को तुलनामा २०४० मा कोइलाको उत्सर्जन १० प्रतिशत अथर्तात् ३६ गिगाटनेले बढी रहने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ