arrow

आईओएस १२.१ अपडेट गर्दैगर्दा पड्कियो ‘आईफोन एक्स’

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
apple-iphone-x-blast-.jpg

काठमाडौं । अमेरिकामा आईफोन एक्स विष्फोट भएको पाइएको छ । एक प्रयोगकर्ताले आफ्नो आईफोनमा आईओएस १२.१ भर्सन अपडेट गर्ने क्रममा उसको स्मार्टफोन विष्फोट भएको हो ।

प्रयोगकर्ताले आफूले उक्त स्मार्टफोन खरिद गरेको केवल १० महिना भएको बताएका छन् । 

प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा १२.१ को अपडेट राख्ने क्रममा सुरुमा धुवाँ आएको र केही समयमा नै विष्फोट भएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा विष्फोट भएको आईफोनको तस्वीर पनि सेयर गरेका छन् । घटना हुँदा प्रयोगकर्ताले कम्पनीको एडप्टरबाट मोबाइल चार्ज गरिरहेका थिए । 

आईफोन एक्स विष्फोट भएको विषयमा आईफोन निर्माताले यस विषयमा छिटै नै अनुसन्धान सुरु गर्ने बताएको छ । स्मार्टफोन विष्फोटको यो कुनै नौलो घटना भने होइन । 

हालसालै मात्र सामसुङकको ग्यालेक्सी र साओमीका फोनहरु पनि चार्ज गर्दै गरेको समयमा विष्फोट भएको घटनाहरु सार्वजनिक भएका छन्  । एप्पलले आईफोनको १० औं वर्षको उपलक्ष्यमा आईफोन एक्स सार्वजनिक गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ