arrow

आयुर्वेद समूहका उत्तीर्ण चिकित्सकहरु सम्मानित

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
aayurvedic-doctors.jpg

काठमाडौं । लोकसेवा आयोगद्वारा आयुर्वेद समूहको विभिन्न तहहरूका लागि सञ्चालन गरिएको परीक्षा तथा आन्तरिक बढुवा सिफारिसमा सफल भएका चिकित्सकहरूलाई बधाई तथा सम्मान गरिएको छ। 

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस ईकाईद्वारा राजधानीमा आयोजित प्रजातन्त्रवादी आयुर्वेद चिकित्सकहरूको अन्तरक्रिया तथा बधाई ज्ञापन कार्यक्रममा नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूह अन्तर्गतको बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट एघारौं तहको परीक्षामा सफल  भएका डा रामाधर यादव, दशौं तहमा आन्तरिक बढुवामार्फत बढुवा भएका डा शोभाराम सुवेदी, नवौँ तहमा नियुक्त हुनुभएका डा बुद्धिप्रसाद पौडेल, डा। काशी खतिवडा, डा सुरेश महर्जन तथा आयुर्वेद चिकित्सक आठौ तहमा नियुक्त डा सरोज राय, डा ललिता पाण्डे, डा सुजता घिमिरे तथा डा अर्चना शुक्लालाई बधाई तथा सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै हालै मात्र नियुक्त बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा रामाधार यादवले शैक्षिक तथा अनुसन्धानका कार्यहरूलाई अगाडि बढाउन सकिए मात्र आयुर्वेद चिकित्सा सेवा सुदृढ हुनसक्ने कुरा बताएका छन् । 

त्यसैगरी नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्वारा आयुर्वेदलाई संघियतामा खुम्चाउन खोजिएकाले हालै नियुक्त सम्पूर्ण चिकित्सकहरूलाई यस विषयलाई सरकारको ध्यानाकर्षण गराउनको लागि चिकित्सक संघलाई सहयोग गर्नुहुन आह्वान गरे । 

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा शंकर पौडेलले चिकित्सकहरू कार्यक्षेत्रमा जादा आफ्नो राजनीतिक आस्थालाई मनमा राखी आफ्नो व्यवसायीकतालाई भने छोड्न नहुनेतर्फ नवनियुक्त चिकित्सकहरूको ध्यानाकर्षण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ