arrow

कालिकोटमा दुर्घटना भएको विमानमा को–को थिए ?

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
biman-file-photo.jpg.jpeg
कालिकोट । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको नाइन एन एजेबी विमान कालिकोटको चिल्खाया गाविस –२ चिल्खायामा आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको छ । विमानमा अकस्मात खराबी आएपछि आकस्मिक अवतरण गराउन खोज्दा जुम्ला सीमा नजिकैको चिल्खायामा दुर्घटना भएको हो ।
 
दुर्घटनामा चालक दिनेश न्यौपाने र अर्का एक जनाको मृत्यु भएको खबर आएपनि पुष्टी हुन बाँकी छ । अन्य ९ जना घाइते छन् । विमान १२ः२० बजे नेपालगन्जबाट जुम्लाका लागि उडेको थियो । विमानको पङखा अकस्मात बन्द भएपछि आकस्मिक अवतरण गर्न खोज्दा दुर्घटना भएको विमानमा सवार घाइते मेघराज गिरीले बताएका छन् । घाइते यात्रुको स्थानीय स्तरमा उपचार भइरहेको बताइएको छ । 
 
को-को थिए विमानमा ? 
विमान पाइलट दिनेश न्यौपानेले उडाएका थिए । चालक दलमा को–पाइलट सन्तोष रानासहित २ जना मात्रै थिए । यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री छन् ।
उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ