arrow

चीनको मानवअधिकार उलंघनबारे अमेरिकी संसदमा बहस 

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
china-flag.png

काठमाडौं। अमेरिकाका शक्तिशाली दुई पार्टीका सांसदहरुले चीनको मानवअधिकारको विषयमा अमेरिकाको संसदमा कुरा उठाएका छन्। चीनको सिन्जियाङ प्रान्तको युग्युरका मुस्लिमहरमाथि मानवअधिकार उलंघन भएको भन्दै उनीहरुले कुरा उठाएका हुन्। अल्पसंख्यक मुस्लिमहरुमाथि चीनले ज्यादती गर्दै आएको भन्दै उनीहरुले आवाज उठाएका हुन्। उनीहरुलाई जेलमा थुनेर श्रम शोषण गरिने गरिएको बताइएको छ। 

अमेरिकी संसदमा सांसदहरुले अमेरिकाले चीनको सरकार र कम्युनिष्ट पार्टीको विरुद्धमा कदम उठाउनुपर्ने माग गरेका छन्। चीनमा अल्पसंख्यक लाखौं मानिसहरुमाथि मानव अधिकारको उलंघन हुने गरेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन्।

उनीहरुले चीनको मानव अधिकारको विषयमा अमेरिकाको स्पष्ट धारणा हुनुपर्ने माग गरेका छन्। नोभेम्बरको अन्तिममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीचमा अर्जेन्टिनामा भेटवार्ता हुनसक्ने बताइएको छ।

यस्तोमा अमेरिकी संसदमा चीनको मानव अधिकारको विषयमा कुरा उठेको हो। अमेरिकामा चीनले मानव अधिकारको उलंघन गरेको भन्ने गुनासो व्यापक मात्रामा उठ्ने गरेको छ। केही समयअघि अमेरिकी विदेशमन्त्रीले पनि चीनको मानवअधिकारको विषयमा कुरा उठाएका थिए। चीनले भने आफूहरु मानव अधिकारमा प्रतिबद्ध रहेको र यो आफूहरुको आन्तरिक मामिला रहेको बताएको थियो।

साथै यसमा अन्य मुलुकहरुलाई हस्तक्षेप नगर्न पनि उसले चेतावनी दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ