arrow

एउटा आलुको मुल्य ७ करोड !

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
potato1.jpeg

काठमाडौं । हामी प्रतिकिलो ६० रुपैयाँले आलु किन्नलाई पनि मोल-तोल गर्दै आर्को पसल पग्छौ । तर एक व्यक्तिले एक- दुई रुपैयाँ हैन सात करोड दिएर एक दाना आलु किनेका छन् ।

यूरोपीयन एक व्यपारीले सो आलूलाई यति धेरै मुल्य हालेका हुन् । वास्तवमा त्यो आलु नभइ आलुको तस्विर हो जुन यूरोपीयन व्यपारीले किनेका छन् । हुनत आलुको तस्विरको मुल्य सात करोड पनि अचम्मै कुरा हो ।  आलको ७ करोडको यो तस्वीर एक यूरोपीय व्यपारीले लाखौ पाउण्डमा हालेका छन्  । तर कारण के हो ?

चर्चित फोटोग्राफर लेन्समेन केविन अबशले आलुको सो तस्विर सन् २०१० मा खिचेका थिए । आलुको उक्त तस्विरलाई केविन अबशले चित्रकलामा सन् २०१० मै उतारे। केविन यस्ता चित्रकार हुन् जसको एक चित्रकला डेढ लाख डलरमा बिक्ने गरेको छ ।

बिजनेस र बिग पर्सनालिटि भएका केविन अफ्नो  ‘ब्लेक ड्राप’ पोट्रेट फोटोग्राफीले चर्चीत छन् ।  केविनले हलिउड  स्टार जोनी डेप्पको एक तस्विर खिचेका थिए जुन चर्चामा रहेको थियो । त्यसैले पनि केविनको प्रत्येक तस्विर लाखौ डलरमा बिक्ने गरेको छ ।

चित्रकलाको मुल्य यति हुनुमा फोटोग्राफरलाई आलु निकै मन पर्नु पनि एक पक्ष हो । उनले आलुको धेरै चित्रकला बनाएका छन् त्यस मध्ये यो उनको उत्कृष्ठ तस्विर हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ