arrow

कसरी गरिन्छ अन्तरिक्षको सफाइ ?

logo
प्रकाशित २०७५ कार्तिक ३० शुक्रबार
deseuri-spatiu.jpg

काठमाडौं । बेलायतको एक स्याटेलाइटले पृथ्वीको कक्षमा एक जाल फिँजाएको छ, जसले अन्तरिक्षको फोहोरलाई एक ठाउँमा जम्मा गर्ने गर्छ । परीक्षण प्रयोगको लागि सुरु गरिएको यो अभियान अन्तरिक्षको सबै फोहोर सफा गर्नका लागि अघि सारिएको योजनाको एक भागको रुपमा रहेको छ ।

यो जाल पृथ्वीभन्दा ३०० किलोमिटरभन्दा धेरै उचाइमा फिँजाइएको छ । पृथ्वीको कक्षमा करिब साँढे सात हजार टन फोहोर तैरिरहेको विश्वास गरिने गरिएको छ । यसले कुनै प्रयोजनका लागि बनाइएको उपग्रहको लागि खतराको रुपमा रहेको छ । मानिसहरुको आशा अनुसार नै आफूहरुले यस किसिमको योजना अघि सारिएको विज्ञहरुले बताएका छन् ।

अहिलेको प्रयोग सफल भएको खण्डमा आगामी दिनमा फोहोरलाई पृथ्वीको कक्षभन्दा बाहिर फ्याँक्न सकिने बताइएको छ । लामो समयदेखि पृथ्वीको कक्षमा तैरिरहेका फोहोरहरु हटाउने कुराहरु हुँदै आएका छन् ।

अबको केही समयमा नै परीक्षणको दोस्रो चरणको काम पनि सुरु गर्ने तयारी गरिएको छ । जसमा एक क्यामेराको प्रयोग गरिने तयारी गरिएको छ । यसको सहयोगमा अन्तरिक्षको फोहोर पहिचान गरी हटाउन सजिलो होस् भन्ने योजना तय गरिएको छ । नयाँ वर्षको सुरुवातसम्ममा यसबाट थप धेरै फाइदा लिन सकिने बताइएको छ ।
 
पृथ्वीको कक्षमा अहिले लाखौं टुक्राहरु तैरिरहेका छन् । यस किसिमका टुक्राहरु नहटाइएको खण्डमा भने उपग्रहरुलाई त्यसले अवरोध पु¥याउन सक्छ । यदि यी टुक्राहरु आपसमा ठोक्किएको खण्डमा भने अन्तरिक्षको फोहोरहरु थप बढ्ने सम्भावना हुन्छ । यदि फोहोर बढ्ने क्रम दिनानु दिन बढ्दो क्रममा रहेमा त्यसले आगामी दिनमा समस्या उत्पन्न हुनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ