arrow

कर दिवस : विश्वका 'ट्याक्स हेभन'हरु, जहाँ सम्पत्तिको कर तिर्नै पर्दैन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ मंसिर १ शनिबार
Panama_Tax_Haven.png

काठमाडौं । विश्वका केही एलिट धनाढ्यहरु हुन्छन्, उनीहरुको ध्यान नै राज्यलाई कर नतिर्ने र बरु त्यो सम्पत्ति कुनै सुरक्षित ठाउँमा लुकाएर राख्ने तर्फ हुन्छ । यस विषयमा समय समयमा पानामा पेपर्सले यसको पर्दाफास त गरिरहेको पाईन्छ । तर, केही यस्ता ठाउँहरु पनि छन् जहाँ कर तिर्नै पर्दैन । 

यसरी स्रोत नखुलेको सम्पत्तिलाई धनाढ्यहरुमध्ये धेरैले स्वीस बैंकलाई सुरक्षित मानेको हुन्छ । तर, त्यो भन्दा अन्त पनि आफ्नो सम्पत्तिको सुरक्षा हुन्छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । जहाँ सम्पत्तिको स्रोत खोजिँदैन । तर, धेरैलाई थाहा नहुनसक्छ कि विश्वमा कर छल्नको लागि वा कर नतिर्नको लागि धेरै कर हेभन सिटीहरु रहेका छन् । 

जुन देशमा न्यूनतम भन्दा न्यूनतम कर लाग्दछ र त्यहाँ करलाई त्यस्तो महत्व दिईँदैन । अथवा अन्यत्रबाट ल्याउने सम्पत्तिलाई  पनि स्रोत नखोजी त्यसै स्वीकारिन्छ भने त्यस्तो ठाउँलाई हामी ट्याक्स हेभन नामले चिन्दछौं । पानामा पेपर्सको एक अध्ययन टोलीले यसको अध्ययनको लागि विश्वका विभिन्न देशहरुमा जाँदा उनीहरुले बेलायतलाई पनि एक प्रकारको ट्याक्स हेभनको रुपमा देखे । तर, उनीहरुले देखेको ट्याक्स हेभन यो भन्दा पनि निकै रोचक छ । 

उत्तर अमेरिकामा पर्ने एक सानो महाद्विप हो केम्यान महाद्विप । कूल ६० हजार जनसंख्या रहेको यो द्विप विश्वको यस्तो द्वीप हो । जहाँ कसैले पनि प्रत्यक्ष कर तिर्नु पर्दैन । अहले त्यहाँका बैंकहरुमा कूल २० खर्ब अमेरिकी डलरको सम्पत्ति रहेको छ । 

त्यस्तै, अरु पनि यस्ता ट्याक्स हेभनहरु छन् जसले आम मानिसलाई शून्य करमा रमाउनको लागि बोलाईरहेका छन् । अर्काे ट्याक्स हेभनाको रुपमा रहेको देश हो जर्सी । युरोप महाद्शमा पर्ने यो  महाद्वीपमा पनि करको दर शुन्य राखिएको छ । यहाँ २० औ शताब्दीको मध्यमा मात्रै बेलायतको १० लाख पाउण्ड इस्टर्लीङ बराबरको कर बेलायतले गुमाएर सो देशले आम्दानी गरेको थियो । यहाँको शुन्य कर नीतिकै कारण पछिल्लो समय बेलायतबासीहरुको यो महाद्वीपमा बसाईँसराई हुने क्रम बढ्दो छ । यो आईसल्याण्डले स्वतन्त्रता पाएपछि मात्रै यो आईसल्याण्डमा अहिले ५ खर्ब अमेरिकी डलर सम्पत्ति रहेको बताईन्छ ।  

यसका अतिरिक्त बर्मुण्डा र स्वीजरल्याण्ड पनि एकदमै यसका लागि खुकुलो मुलुक थिए । तर, यी देशहरुमा अहिले यदि गैरकानूनी सम्पत्ति छ भने राख्नको लागि प्रतिबन्ध लगाईएको छ । वैदेशिक लगानी कर्ताहरुको लागि भने यी देशहरु पनि ट्याक्स हेभनकै रुपमा मान्न सकिन्छ । 

उदाहरणको लागि स्वीट्जरल्याण्ड सरकारले १९९० साल सम्म बैंकरहरुकै सहयोगद्वारा यस्ता कामहरु हुने गरेका थिए । तर, २०१४ मा नाजी सरकारले हिट्लरको निजी सम्पत्तिको रुपमा रहेको एक खर्ब भन्दा बढी रकम जानकारी नै नदिई खाताबाट गायब बनाईदिएको थियो । किनभने यो सम्पीत्त गैरकानूनी हो भन्ने बैंकले ठहर गर्यो । 

पानामाको यो रिपोर्ट अनुसार प्रतिबन्धित आर्थिक सुरक्षाका लागि पनि धेरै व्यवसायीहरुले यस्ता ट्याक्स हेभन तिर पैसा सुरक्षित राख्ने गरेको पत्ता लगाएको थियो । 

ट्याक्स जस्तिस नेटवर्कले प्रकाशित गरेको वार्षिक आर्थिक सुरक्षा सूचकांका अनुसार विश्वमा ८० को हाराहारीमा ट्याक्स हेभन रहेका छन् । यी स्थानहरुमा व्यवसायीहरु आफ्नो सम्पत्तिको सुरक्षणको लागि नै दूर भन्दा दूरमा सम्पत्ति राख्ने गरिएको छ । 

सो सूचकांक अनुसार सबैभन्दा धेरै स्रोत विहीन सम्पत्ति राख्ने मुलुकहरुमा स्वीट्जरल्याण्ड, हङकङ र अमेरिका रहेका छन् । बेलायत यो सूचकांको १५ औं स्थानमा पर्दछ । लण्डन लगायतका शहरहरुमा त यसरी आएकाहरुलाई लगानीको झनै अवसर समेत दिने गरिएको छ । 

एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ