arrow

आन्तरिक कार्गो बोक्ने सिंगल इन्जिन विमानलाई यात्रु नबोक्न निर्देशन

नियम पालना नगर्दाको परिणती

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
Shinga-Durbar-shingadurbar-area-ministry-energy.jpg.jpeg
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंगल इन्जिन भएका विमानलाई परिक्षणपछी मात्रै उडान भर्न निर्देशन दिएको छ । नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सिंगल इन्जिन भएका विमानलाई परीक्षण नगरी तत्काल यात्रु नबोक्न निर्देशन दिएका हुन् । नेपालमा सिंगल इन्जिन भएका विमान ५ वटा मात्र छन् । 
 
सिंगल इन्जिन भएको एयर काष्ठमण्डप विमान शुक्रबार दिउँसो मात्रै कालिकोटमा दुर्घटना भएपछि तत्कालै मन्त्री पोखरेलले यात्रु नबोक्न भनेका हुन् । प्राविधिक रिपोर्ट नआएसम्म सिंगल इन्जिन जहाजलाई यात्रु नबोक्न भनिएको मन्त्री पोखरेलको भनाई छ । 
 
यसअघि, नागरिक उड्डयन आन्तरिक कार्गो ढुवानी गर्ने सिंगल इन्जिन विमानलाई यात्रु बोक्न रोक लगाएकामा सीता र एयर काष्ठमण्डपले नीति पालना नगरको बताइएको छ । यसअघि, मंगलबार दुर्घटना भएको तारा एयरको विमान भने अत्याधुनिक थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ